आधारभुत तहका विद्यार्थीमा अतिरिक्त ज्ञान बढाउन मंगला गाउँपालिका गाउँ कार्यपलिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ । आधारभुत (कक्षा १–५)का विद्यार्थी सहभागी भएको प्रतियोगितामा मंगला गापा वडा नं १ भर्जुलाको बलोदय आधारभूत विद्यालय प्रथम, दोस्रो डनिङ बोडिङ स्कुल बावियाचौर र तेस्रो मंगला मावि भएको छ ।

प्रतियोगितामा जानकी आधारभूत विद्यालयले सान्त्वना स्थान प्राप्त गरेको मंगला गापाका शिक्षा संयोजक डेकबहादुर बानियाँले बताउनुभयो । १८ विद्यालयका विद्यार्थीको सहभागिता रहेको प्रतियोगिताका विजेतालाई गाउँपालिका प्रमुख सतप्रसाद रोकाले पुरस्कार वितरण गर्नुभएको थियो । प्रमुख अतिथि गापा अध्यक्ष रोकाले प्राथमिक तहदेखि नै विद्यार्थीलाई विभिन्न प्रतियोगितात्मक गतिविधिमा संलग्न गराउनुपर्ने बताउनुभयो ।

Leave a Reply