नेकपा एमालेनिकट युवाहरुको सङ्गठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको ११औं जिल्ला अधिवेशनको आवश्यक सबै तयारी पुरा भएको छ । ‘न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मूल नारासहित आसन्न अधिवेशनको तयारी सकिएको हो ।

यही फागुन २६ गते भोलि र २७ गते पर्सि म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न हुने जिल्ला अधिवेशनको सबै तयारी सकिएको युवा संघ म्याग्दीका जिल्ला संयोजक शिशिर शाहीले बताउनुभयो । अधिवेशनका लागि प्रचारप्रसार, मञ्च सजावट, प्रतिनिधि व्यवस्थापन, अतिथि सत्कार लगायतका सम्पूर्ण तयारीहरु पुरा भएको उहाँले जानकारी दिनुभयो । जिल्ला अधिवेशनको उद्घाटन राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष सन्तोष रावलले गर्नुहुनेछ ।

अधिवेशनमा जिल्ला कमिटी, पालिका र वडा कमिटीबाट गरी २ सयभन्दा बढी प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा दुई दिनसम्म चल्ने अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ ।

Leave a Reply