म्याग्दीमा प्रतिबन्धित औषधि (लागुऔषध) ओसार–पसार र प्रयोगमा महिल समेत संलग्न देखिएको छ । लागुऔषध बिरुद्ध आक्रामक देखिएको प्रहरीले बेनी नगरपालिका-८, कालीपुलबाट बुधबार एक महिला सहित दुईजनालाई ठूलो परिमाणमा लागुऔषध सहित पक्राउ गरेको छ । रघुगंगा गाउँपालिका–७, का २८ वर्षीया सोबिता बागदास र बेनपा–९ घतान का ३२ वर्षीय प्रेम सार्कीबाट २ सय एम्पुल डाईजोपाम, २०१ एम्पुल फेनेरागन र २०० एम्पुल नुर्फिन बरामद भएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले जनकारी दिए ।

‘पछिल्लो तीनबर्ष यताकै ठूलो परिणाममा लागुऔषध बरामद भएको छ,‘पक्राउ परेकाहरुबाट कनेक्सन खोज्दैछौ’ प्रनाउ कुँवरले भने । छिमेकी पर्वतको जलजला गाउँपालिका–३ ,मा बस्दै आएका अभियुक्तले म्याग्दीका प्रयोगकर्तालाई बिक्री गर्ने गरेको प्रहरीको अनुमान छ । म्याग्दीको सदरमुकाम बेनीमा पुरुष र महिला नै कुलतमा फसेकाकालाई महिलाको प्रयोग भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । भारतीय बजार जोगवनीमा खरीद गरेको लागुऔषध ल्याइएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।

उनी भरिया हुन् या कारोबारी भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकी बगादास र सार्कीलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो दुई सातामा बेनीमा चार जनालाई प्रहरीले लागू औषध सहित पक्राउ गरेको जनाएको छ । म्याग्दीको सदरमुकाम बेनीमा कुलतमा फसेका यूवाहरु सहित बिक्री गर्न आउनेको निगरानीमा प्रहरीले साधा पोशाकमा समेत परिचालन गरेको छ भने पक्राउ परेकाहरुको सूचनाका आधारमा धमाधम पक्राउ गर्न थालेको छ ।

Leave a Reply