म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा दुईदिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर शुक्रबारदेखि सुरु भएको छ। म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समितिको आयोजना तृप्ति फाउण्डेशन अष्ट्रेलियाको आर्थिक तथा काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा आयोजित शिविरको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरत पुनले उद्घाटन गर्नुभयो ।

शिविरको अवसरमा बोल्दै प्रमुख अतिथि पुनले स्त्री तथा प्रजनन सम्बन्धि शिविरले महिलाको रोग पहिचानमा सहज हुने बताउनुभयो ।उहाँले गाउँपालिकाले विभिन्न संघसंस्थासँग सहकार्य गरी विभिन्न रोगको शिविर समेत सञ्चालन गर्ने गरेको बताउनुभयो । सोही अवसरमा गाउँपालिका उपाध्यक्ष दिवा पुनले सृष्टिको उद्घम बिन्दु अथवा महिलाको अस्तित्वसँग जोडिएको पाठेघर र स्तन महिलाको एक सहायक प्रजनन अङ्ग भएकाले शिविरले महिलाको रोग पहिचान र सचेतनामुलक अभियानमा सघाउने बताउनु्भयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले महिलाको संवेदनशील अंगहरु मध्ये स्तन र पाठेघरको समस्या समयमै पहिचान गरी उपचारमा जोड दिनुभयो ।

शिविर उद्घाटन समारोहमा अन्नपूर्ण–६ का वडा अध्यक्ष रामबहादुर खड्काले मन्तब्य राख्नुभएको थियो काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुरका डा.किशोर प्रधानले पाठेघर र स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै हुने क्यान्सरमध्ये एक भएकाले समयसमयमा चेकजाँच गरी उपचार गर्नुपर्ने बताउनुभयो । महिलालाई हुने सबै क्यान्सरहरूमध्ये एक तिहाई स्तन क्यान्सर हुने समेत डा. प्रधानको भनाई छ ।

शिविरको अध्यक्षता मोना आइइसीका उपाध्यक्ष सुर्जे भट्टचन, स्वागत मोना यूएईका अध्यक्ष सुवास राम्जालीले स्वागत र सञ्चालन मोना आइइसीका सचिव सुवोद बरुवालले गर्नुभएको थियो । शिविरको पहिलो दिन १ सय ७३ जनाले नाम दर्ता गरेकोमा १ सय २२ जनाले सेवा लिएकोमा २० जनामा पाठेघर र ४ जनामा स्तनक्यान्सर पोजेटिभ भेटिएको थियो । शिविर शनिबारसम्म सञ्चालन हुने छ । मोनाले जिल्लाका सबै पालिकामा शिविर सञ्चालन गर्ने जनाएको छ ।

 

Leave a Reply