बेनी नगरपालिका–२,खवरामा रहेको हंश बाहिनी आधारभूत बिद्यालयले चन्दादातालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको शैक्षिक,भौतिक र आर्थिक बिकास गरी शैक्षिक गुणस्तरलाई बिकास र वृद्धि गर्ने उदेश्यका साथ स्थानीय युवाहरूद्वारा सञ्चालन गरेको चन्द संकलन अभियानमा सहयोग गर्नेलाई एक समारोहका बिच सम्मान गरिएको हो ।

शुक्रबार विद्यालयको प्राङ्गतमा आयोजित सम्मान कार्यक्रममा वडा अध्यक्ष यामबहादुर कार्कीले समुदायको पहल र सक्रियतामा भौतिक पूर्वाधार विस्तार सहित थुप्रै शैक्षिक अभियान सञ्चालन गरिएकाले शैक्षिक एवम् भौतिक पूर्वाधारमा फड्को मारेको बताउनुभयो । उहाँले अभिभावक र घर पहिलो शिक्षक र विद्यालय भएको बताउँदै
अभिभावक, शिक्षकको तालमेल मिले पछि बालबालिकाको शैक्षिक गुणस्तरमा परिवर्तन आउने बताउनुभो ।

सम्मान कार्यक्रममा ५४ जना चन्दादाताहरुलाइ सम्मान गरिएको थियो । उक्त कार्यक्रममा एघार लाख एकसट्ठीहजार सतासी रुपैयाँ) संकलन भएको थियो ।

सम्मान कार्यक्रममा बेनी नगरपालिका स्रोतब्यक्ति मोहन बानियाँ,बि.ब्य.सका सल्लाहकार भद्र ब.कार्की, मीन ब.कार्की,एकेन्द्र रावल,बिब्यसका सदस्य तेजेन्द्र बहादुर कार्की र आर्थिक संयोजक सिर्जना सापकोटा जिसिले मन्तब्य राख्नुभएको थियो । विद्यालयका शिक्षक सरु जलनको संचालन,शिक्षक जमुना कुमारी केसीको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यालयको प्रगति र थप योजनाका बारेमा जानकारी गराइएको थियो ।

विस २०३९ साल यता ४ दशकसम्म लगातार खवरा, पिपलडाडा र आम्वोट क्षेत्र समेत बि.स २०७७ सालमा आफ्नो गाउँ आफै वनाउ अभियान अन्तरगतको पहिलो प्राथमिकतामा विद्यालय शैक्षिक गुणस्तर निर्माण अभियान अन्तरगत देश विदेशवाट विद्यालयका भुपु विद्यार्थि एवम शुभचिन्तकको विशेष पहल ( आर्थिक अभियान ) मार्फत कम्पुटर कक्षा, वाल कक्षा व्यवस्थापनको साथमा समयको मागअनुसार नेपाली अङ्ग्रेजी दुवै माध्यमवाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको छ ।

 

Leave a Reply