दोहा कतार म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारको एघारौँ साधारण सभा सम्पन्न भएको छ l सङ्घको साधारण सभाबाट राजु पौडेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्l

आगामी एक कार्यकालका लागि कार्यसमितिका पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा बाबुराम भण्डारी, प्रथम उपाध्यक्ष हेम बानिया, महासचिव भुमिश्वर सापकोटा, सचिव- गृह प्रसाद शर्मा (कृष्ण), कोषाध्यक्ष सुमन घर्ती, सह-कोषाध्यक्ष यममाया रोका, महिला संयोजक टीकामाया रोका, महिला उप-संयोजक खुमा पुन, बेनी नगरपालिका संयोजक कमल खत्री, अन्नपूर्ण गाउँपालिका संयोजक कृष्ण खड्का (शिव), रघुगंगा गॉउपालीका संयोजक नरेन्द्र कुमार दर्जी रहेका छन् l

कार्यसमितिका सदस्यहरूमा,कमल परियार.राम ब.बिक,गंगाघर कँडेल, टेकनाथ सुवेदी, बम बहादुर थापा, वीर ब.सुनार, रिपोट खत्री, रोशन पौडेल, भुपेन्द्र ब. पुर्जा, रुकुम ब.बि.क. र विष्णु खत्री रहेका छन् l निर्वाचित कार्यसमितिलाई संस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक प्रेम रसाइलीले पद तथा गोपनीयताको शपथ ग्रह गराएका थिए l सङ्घको एघारौँ साधारण सभा तथा २० औ वार्षिकोत्सव सङ्घका अध्यक्ष नरेन्द्र फगामीको सभापतित्व तथा संस्थापक अध्यक्ष तथा संरक्षक प्रेम रसाइलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो l

ब्यानर अनावरण,दीप प्रज्वलन तथा पञ्चेबाजासहित उद्घाटन गरिएको सभामा २० औ वर्षको केक काटेर खुसीयाली साटिएको थियो । अधिवेशनलाई मनोरञ्जनात्मक बनाउन राम बाबु, दर्शन के सी, यमुना पटेल, लक्ष्मी रसाइली, माया विश्वकर्मा, टीका परियार, लुना खतिवडा, दीपेन्द्र सुनार, बिक्की रनपाल, दीपक नेपाली, गङ्गा बस्नेत र विनोद परिवारले आफ्ना साङ्गीतिक प्रस्तुति दिएका थिए । पञ्चेबाजा गाइएको लाइभ दोहोरी र थाली नाच प्रमुख आकर्षणको केन्द्र बनेको थियो ।

सङ्घले कोभिड १९ ले आक्रान्त पारेको बेला म्याग्दीका सबै पालिकाहरूमा ४० लिटरको अक्सिजन सिलिन्डर , फ्लोमिटर १-१- खरिद गरी हस्तान्तरण गरेको, मोना आइइसी मार्फत म्याग्दीमा थप अक्सिजन कन्सन्टेटर पठाउन एक लाख रुपैयाँ रकम नगद सहयोग गरिएको कार्य प्रगती तथा आयव्यय सङ्घका महासचिव अजय कुवरले पेस गरेका थिए l

पेस गरिएको प्रगति विवरणमा कोरोना कालमा कतारमा मृत्युवरण गरेका म्याग्दी रुमका निर प्रसाद कामीको परिवारलाई १ लाख३५ हजार सहयोग गरिएको, वैदेशिक रोजगारीकारलागि कतार आइ अप्ठेरोमा परेका म्याग्दी मालिका गाउँपालिका सिस्नेरीका हस्त बहादुर सुनार लाई दोहा देखि नेपाल सम्मको एकतर्फी हवाई टिकट संस्थागत सहयोग गरिएको जानकारी दिइयो l

सङ्घले २ वर्षमा ६३ हजार ७ सय २३ रियाल आम्दानी गरी ५६ हजार ९ सय १४ रियाल खर्चँदै ६ हजार ८ सय ९ रियाल बचत गरेको आय व्यय पेस गरिएको थियो l साधारण सभामा कतारमा स्थापित विभिन्न सामाजिक, वैचारिक, साहित्यिक, साङ्गीतिक, विभिन्न जातीय संस्था र समुदायका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो l कार्यक्रममा बोल्ने वक्ताहरूले मोना कतारले गरेको कार्यसम्पादनको खुलेर प्रशंसा गरेका थिए l

कार्यक्रम मार्फत मोना कतारलाई विभिन्न समयमा सहयोग पुराउने व्यक्ति, अक्षयकोषमा सहयोग गर्ने समाजसेवी, पत्रकार (नगद सहित), कलाकार (नगद सहित) तथा उत्कृष्ट कार्यसम्पादन गर्ने सङ्घका विभिन्न ओहोदाका व्यक्तिहरूलाई सम्मान गरिएको थियो l

राजु पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि रसाइलीले विगतका दिन स्मरण गर्दै सञ्चारको पहुँच बिना नै सयौँ किलोमिटर हिँडेर पनि सस्थालाइ चलायमान बनाएको बताए l अधिवेशनको समापन गर्दै सभापति फगामीले संस्थाले अधिवेशन सफलतापूर्वक सम्पन्न गरी सकेको हुँदा आफू सहित सबै सफल भएको र संस्था सफल भएको भन्दै खुसी व्यक्त गरेका थिए l कार्यक्रमलाई सङ्घका महासचिव अजय कुवरले सहजीकरण गरेका थिए l

Leave a Reply