शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराले फागुन २७ गते गण्डकी प्रज्ञा प्रतिस्ठान पोखरामा सम्पन्न प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत विद्यार्थी र शिक्षक लोकनृत्य तर्फ म्याग्दीलाई सफलता प्राप्त भएको छ ।

विद्यार्थी लोकनृत्य तर्फ म्याग्दीको प्रतिनिधित्व गर्दै प्रकाश माविको नृत्य टोलीले तृतीय स्थान हासिल गरेका कुरा शिक्षा विकास तथा समन्वय ईकाइ म्याग्दीका प्रमुख दल बहादुर थापाले जानकारी गराउनु भयो । टोलीमा चनिसा छन्त्याल, मनिका पुन, उन्नति फगामी, टेक बहादुर पुन, विजय परियार र विवेक अधिकारी सहभागी थिए ।

त्यस्तै शिक्षक नृत्य तर्फ म्याग्दीको प्रतिनिधित्व गर्दै बेनी सामुदायिक माविको नृत्य टोलीले सान्त्वना स्थान हासिल गरेका कुरा शिक्षक सन्तोष सुवेदीले जानकारी गराउनु भयो । टोलीमा रजनी शाही,सोनी पाइजा , सान्ध्या खत्री तथा सांस्कृतिक बिभाग संयोजक चन्द्रकला किसान  सिसमु लगायत सहभागी थिए ।

“हाम्रो शिक्षक राम्रो शिक्षक, विद्यार्थीको नजरमा शिक्षक “ विषयक जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भै प्रकाश मावि कक्षा १० का छात्र समीर सुबेदीले पोखरामा म्याग्दी जिल्लाको प्रतिनिधित्व गरी प्रदेश स्तरमै प्रथम स्थान हासिल गरेका थिए ।

शिक्षक विद्यार्थी प्रतिभा पहिचान अन्तर्गत फागुन १९ र २० गते शिक्षा तथा समन्वय इकाई म्याग्दीको आयोजनामा विद्यार्थी वक्तृत्वकलामा प्रकाश मावि बेनीका समीर सुवेदी, विद्यार्थी लोकनृत्यमा प्रकाश मावि बेनीको समुह, शिक्षक हाजिरीजवाफमा मुक्तिधाम माविका शिक्षक समूह र शिक्षक लोकनृत्यमा बेनी सामुदायिक मावि बेनीको समूह प्रथम भै प्रदेश स्तरमा छनौट भएको थियो ।हरेक विधाका प्रथमले २० हजार, द्वितीयले १५ हजार, तृतीयले १२ हजार र सान्वना स्थान हासिल गर्नेले ५ हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने कुरा प्रकाश माविका प्रअ लेख बहादुर हमालले जानकारी गराउनु भयो ।

Leave a Reply