अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

युवा संघ म्याग्दीमा विजय घर्तीमगर

On: March 12, 2023 9:20 AM
Follow Us:
---Advertisement---

एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न ११औं जिल्ला अधिवेशनबाट विजय घर्तीमगर अध्यक्षमा निर्वाचित भएका छन् । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका-४, मुदीका युवा घर्तीमगरको अध्यक्षतामा युवा संघको नयाँ जिल्ला नेतृत्व चयन गरिएको हो ।

संघको जिल्ला अधिवेशनबाट उपाध्यक्षमा प्रदिप तिलिजा, सचिवमा सुशान किसान, सहसचिवमा सौगात गुरुङ र गौरी गर्बुजा तथा कोषाध्यक्षमा प्रतिश श्रेष्ठ चयन भएको युवा संघ म्याग्दीले जनाएको छ । अधिवेशनबाट घर्तीमगरको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । अध्यक्षमा निर्वाचित घर्तीमगर यसअघि युवा संघ म्याग्दीको सहसंयोजक रहेका थिए ।

अधिवेशनको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष रावलले उद्घाटन गरेका थिए ।अधिवेशनलाई नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, उपसचिव तथा जनवर्गीय सङ्गठनका संयोजक थमसरा पुनलगायत नेताहरुले सम्बोधन गरेका थिए ।