अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

स्ववियू निर्वाचन समयमै गर्न नेविसंघ म्याग्दी क्याम्पसले बुझायो ज्ञापनपत्र

On: March 14, 2023 12:07 PM
Follow Us:
---Advertisement---

नेपाल विद्यार्थी संघ म्याग्दी बहुमुखी क्याम्पस इकाई समितिले कुनैपनि बाहनामा निर्वाचनको प्रक्रिया रोक्न नहुने भन्दै विरोधमा उत्रिएको छ । नेत्र विक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीले क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले निर्वाचन अधिकृतको कार्यालयमा ज्ञापनपत्र बुझाउँदै विभिन्न बाहनामा भइरहेका अदृश्य गतिविधिको विरोध गरेको हो ।

नेविसंघ इकाई सभापति सुजता खत्रीले निर्वाचन अधिकृत श्रीधर सुबेदीलाई ज्ञापनपत्र बुझाउँदै निर्वाचनमा भाग नलिने र आफ्नो प्रतिनिधि छान्ने विद्यार्थीहरुको अधिकारलाई कुण्ठित गर्न खोजिएको भन्दै नेविसंघ विरोधमा उत्रिएको हो । ‘तोकिएकै मितिमा स्ववियू निर्वाचन गराउनुपर्छ,‘अनेक बखेडा झिकेर विवाद गर्न हुदैन’ खत्रीले भन्नुभयो ।

स्ववियू निर्वाचनमा कोही भाग्न नहुने बताउँदै खत्रीले निर्वाचन प्रक्रियालाई अगाडी बढाउने आवश्यक वातावरण बनाउन आग्रह गर्नुभएको छ । सोमबार अखिल क्रान्तिकारीले संगठनले संगठन दर्ता र भर्नाका लागि तोकीएको समयअवधीप्रति असहमति जनाउँदै स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थियो ।तालाबन्दीका विषयमा छलफल गर्न क्याम्पस व्यवस्थापन समितिको वैठक वसिरहेको छ ।