---Advertisement---

बेनी नगरको उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार पुरस्कार

On: March 14, 2023 12:19 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई २५ हजार रुपैयाँ दिने भएको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै नगरपालिकाको प्रष्ट पहिचान झल्किने गरी लोगो निर्माण गर्न इच्छुक व्यक्तिका लागि सार्वजनिक रुपमा आह्वान गरेको हो ।

[pdf-embedder url=”https://myagdikali.com/wp-content/uploads/2023/03/नगरपालिकाको-प्रतिक-चिन्ह-फाइनल.pdf”]

लोगो निर्माण गर्दा बेनी नगरपालिकाको नाम, पहिचान र नेपालको झण्डा अनिवार्य हुनुपर्ने तथा कुनै पनि जातीय विभेद, साम्प्रदायिकता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतामा आँच आउने संकेत प्रयोग गर्न नपाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले बताउनुभयो ।

उहाँले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र लोगो बनाएर खामबन्दीमार्फत नगरकार्यपालिकाको कार्यालयमा पठाउनु बताउनुभयो । छनोट समितिले उत्कृष्ट लोगो छनोट गर्ने र छनोटमा परेका डिजाइनकर्तालाई कदरपत्रले समेत एक कार्यक्रम गरी सम्मान गरिने सूचनामा उल्लेख छ ।