अखिल क्रान्तिकारीले म्याग्दी बहुमुखी क्याम्पसले स्ववियू निर्वाचन रोक्न भइरहेको प्रयासको विरोध गरेको छ। विप्लव नेतृत्वको विद्यार्थी संगठनले फर्जी विद्यार्थी भर्ना गरेको भन्दै तालाबन्दी गरेपछि क्याम्पस इकाई कमिटीका अध्यक्ष सन्दिप खत्रीले ज्ञापन पत्र बुझाएका छन्।

‘विद्यार्थीहरूको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कसैको तालाबन्दीकै कारण रोकिनुहुन्न,‘आम विद्यार्थीहरूको संघर्षको थलोलाई योजनाबद्ध तरिकाले कोमामा लैजाने प्रयास भइरहेको छ’ खत्रीले भन्नुभयो । ज्ञापनपत्र बुझाउँदै निर्वाचनका नियमित कार्यतालिकालाई सहज अगाडी बढाउन तत्काल स्ववियु निर्वाचन समितिलाई निर्देशन दिन तथा तयारीमा जुट्दै स्ववियुलाई पुनर्जीवन प्रदान गर्न समेत माग गरिएको छ ।

Leave a Reply