पश्च्मि म्याग्दीमा रहेको मंगला शिक्षा क्याम्पसमा आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले बहिस्कार गरेको छ । निर्वाचनका बारेमा क्याम्पस प्रशासनले जानकारी नदिएको, गलत सूचना दिएको, विद्यार्थी भर्नाका बारेमा प्रष्ट सूचना दिन आनकानी गरेको, मनोनयन दर्ता सहित अन्य प्रक्रियामा क्याम्पसमा अनुपस्थित भएको भन्दै तालाबन्दी गरेको छ ।

दुबै संगठनले तालाबन्दी गरी निर्वाचन प्रक्रिया नै बहिस्कार गरेको जनाएको छ । निर्वाचन अधिकृतकको कार्यालयमा तालाबन्दी गदैं निर्वाचन सम्बन्धि गतिविधिमा असहमति भएको र विद्यार्थी मैत्री वातावरण नभएको दुबै संगठनले आरोप लगाएका छन् ।

तीन संगठनले उम्मेदवारी दर्ता गरेकोमा दुई संगठनले बहिस्कार गरेको छ । सभापतिका उम्मेदवार नेपाल विद्यार्थी गौरव आचार्य र अखिल क्रान्तिकारीबाट पस्मिता रोकाले हस्ताक्षर गरेको विज्ञप्तीसँगै तालाबन्दी गरिएको हो । हिजोसम्म विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेपछि उम्मेदवार सहित संगठनका कार्यकर्ताबीच दौडधुप र आन्तरिक गृहकार्यमा जुटेका थिए । मंगला शिक्षा क्याम्पसको निर्वाचन समितिको कार्यालयले जारी गरेको अन्तिम नामावलीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको तर्फबाट अध्यक्ष पदमा भिममायाँ रोका, नेपाल विद्यार्थी संगठनबाट अध्यक्षमा गौरव आर्चायको प्रतिस्पर्धा छ ।

Leave a Reply