होटलमा कार्यरत एक कर्मचारीको मृगौला खरावी भएपछि म्याग्दी होटल तथा रेष्टुरेन्ट संघले आर्थिक सहयोग गरेको छ । मंगला गाउँपालिका–२ बावियाचौर घर भई हाल होटल मनकामानामा कार्यरत पीगित ज्ञानबहादुर रोकालाई संकलन गरिएको ५८ हजार २३५ एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

दुवै मृगौला फेल भएपछि उपचारका लागि आवश्यक आर्थिकको अभाव भएपछि होटल ब्यवसायीको सक्रियतामा सहयोग जुटाएर पीडित कार्यरत होटलकी सञ्चालिका रामकुमारी गौचनलाई हस्तान्तरण गरिएको नेपाल होटल तथा रेष्टुरेन्ट महासंघका केन्द्रिय सचिव ताराप्रसाद आचार्यले बताउनुभयो ।

‘आर्थिक अवस्था निकै कमजोर छ,‘उपचारमा धेरै खर्च लाग्छ, सबैलाई सहयोगका लागि अपिल गर्छु’ आचार्यले भन्नुभयो । डायलासिस र नियमित औषधीका लागि केही राहत मिल्ने अनुमान गरिएको छ ।

बेनी अस्पतालमा उपचारको क्रममा दुवै मृगौलामा खरावी देखिएपछि थप उपचारका लागि पोखरा लैजाने तयारी भइरहेको होटल ब्यवसायीको भनाई छ । होटल तथा रेष्टुरेन्ट संघमा कार्यरत मजदुर, कर्मचारीको हकहितका लागि समेत संघले काम गर्ने जनाएको छ ।

Leave a Reply