म्याग्दीको सदरमुकाम बेनीमा उपभोक्ताले चैत्र १ गतेदेखि शुद्ध भैसीको दूधमा प्रति लिटर १ सय ४० रुपैयाँ तिर्नुपर्ने भएको छ । बेनी नगरपालिकाका अगुवा कृषकको समुहले बेनी नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, म्याग्दी उद्योग वाणिज्य संघ सहित किसान र बिक्रेता समेतको उपस्थितिमा भएको सहमति अनुसार चैत्र महिनादेखि किसानले प्रति लिटर १२० लिनेछन् भने डेरीले उपभोक्तालाई प्रति लिटर १४० लिने निर्णय भएको थियो ।

आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भइरहेको अवस्थामा दूधको मूल्य यथावत राख्दा किसानहरू मारमा परेको भन्दै सरोकारवाला निकायसँगको छलफलमा उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय भएको थियो । उक्त निर्णय कृषि र डेरीवालाको सहमतिमा चैत्र महिनादेखि कार्यान्वयन गर्ने निर्णय भएको आधुनिक कृषि तथा पशुपंक्षी स्रोत केन्द्रका अध्यक्ष कमल पौडेलले बताउनुभयो ।

यसअगाडी प्रतिलिटर २० रुपैयाँ बढाउन ज्ञापनपत्र बुझाएकोमा सरोकारवाला निकायसँगको छलफलबाट किसानलाई प्रत्यक्ष लाभ हुने गरी मूल्य बढाउने गरी सरोकारवाला निकायसँग सहमति भएको थियो ।

दुग्ध किसानको टोलीले बेनी नगरपालिकाका मेयर सुरत केसी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जिवन आचार्य सहितको टोलीलाई समेत मुल्यबृद्धिमा किसान, बिक्रेताको सहमति रहेको बारेमा जानकारी दुग्ध किसान सुरेश ढुंगानाले बताउनुभयो ।

‘डेरीहरुले अहिले दिँदै आएको मूल्यले लागत खर्च समेत उठ्न नसक्ने भएकाले मुल्य समायोजन नभए पेशाबाटै पलायन हुनुपर्ने जोखिम थियो,‘किसान जोगिएमात्रै दुधनको सहज आपूर्ती हुन्छ’ ढुंगानाले भन्नुभयो ।

पानीरहित दुधलाई किसानले प्रतिलिटर १ सय १० रुपैयाँमा दूध बिक्री गर्दै आएका छन् भने डेरीले उपभोक्तालाई १ सय ३० रुपैयाँमा बिक्री गर्ने गर्ने गरेका छन् । दुग्ध उत्पादक किसानले गोठबाटै सिधै डेरीमा लैजाने गरेको र मेसिनको प्रयोग गरी जिरो वाटर भएपछि बिक्री गर्ने गरेका छन् । म्याग्दीमा कोरोनाकाल यता दुग्धपालक कृषक पलायन हुने क्रम बढेको छ । बेनी नगरपालिकामा सानाठुला गरी २५ देखि ३० जना ब्यवसायीक कृषक भएपनि हाल घटेर १७ देखि २० रहेको ै आधुनिक कृषि तथा पशुपंक्षी स्रोत केन्द्रले जनाएको छ ।

 

 

 

Leave a Reply