म्याग्दीको बेनी नगरपालिका–१, रत्नचौरबासीले वर्षौँदेखि उपभोग गर्दै आएको स्थायी खानेपानी मूलमा सहमति विना पुनः निर्माणकार्य अगाडी बढाइएपछि विवाद चरम उत्कर्षमा पुगेको छ । रत्नेचौरवासीले उपभोग गर्दै आएको बागलुङ नगरपालिका–५, स्थित कमेरेको मूलको पानी बागलुङ नगरपालिकाले वडा नम्बर ४ उपल्लाचौरको बजारमा लैजान खानेपानी मुहान बागलुङ नगरपालिकाको अगुवाईमा भत्काएपछि विवाद बनेपछि गत शनिबार रोकिएको काम पुनः बागलुङ पक्षबाट सुरु गरिएपछि मुहानमै विवाद भएको छ ।

बि.स २०२३ साल देखि खनाराम थापा र उनका परिवारका सदस्यको लिखित अनुमतिमा उपभोग गदैं आएको खानेपानी रत्नेचौरबासीको सहमति विनै वडाका जनप्रतिनिधिको नेतृत्वमा ट्याङ्की र मुख्य पाइपलाइनमा क्षती पु¥याएपछि रत्नचौरमा करिब एक सातादेखि खानेपानीको आपूर्ती रोकिएको थियो ।

बागलुङ नगरपालिका–४, उपल्लाचौरमा खानेपानी लैजाने योजना अगाढी बढाएर रत्नेचौर लैजाने खानेपानीको मुहानमा भएको अवरोध पन्छाउने प्रयासमा दुबै जिल्लाका नगरपालिका, स्थानीय सरोकारवाला निकाय असफल भएपछि समुदाय बिच विवाद भइरहेको छ । विगतमा भएका वार्ता टुंगोमा नपुगेको अवस्थामा खानेपानीको मुहान आसपासमा बनाइएको संरचना रोक्न रत्नेचौरबासीले माग गरेकोमा बागलुङतर्फबाट रोक्न प्रतिबद्धता भएपनि कार्यान्वयन नभएको आरोप छ ।

बागलुङबासीले ४२ प्रतिशत बागलुङलाई र बाँकी ५८ प्रतिशत पानी रत्नेचौरवासीलाई हुनेगरी सहमति गर्न तयार रहेको बताएका छन् भने रत्नेचौरबासीले अन्य मुल हुदाँहुदै रत्नेचौरमा नियमित प्रयोग भइरहेको मुललाई नै ओगट्ने प्रयास भइरहेको बताइरहेका छन् । र बागलुङ नगरपालिकाले खानोपनीको विवाद टुंगो नलाग्दैखानेपानी व्यवस्थापनका लागि चालू आर्थिक वर्षका लागि ५० लाख विनियोजन गरेर काम अगाडि बढाएपछि रत्नेचौरबासीले कानुनी उपचारको खोजी गरेका छन् ।

Leave a Reply