विद्यार्थी भर्नाको विषयमा विद्यार्थी संगठन बिच सहमति हुन नसकेपछि म्याग्दी बुहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित हुने भएको छ ।

नेत्रविक्रम चन्द विप्लव ‘सी’नेतृत्वमा रहेको नेकपा निकट अखिल क्रान्तिकारीले म्याग्दी बुहमुखी क्याम्पसमा तालाबन्दी गरेपछि बुधबार सञ्चालक समितिको अगुवाईमा बसेको सर्वदलिय बैठकमा विद्यार्थी संगठन आफ्नो अडानबाट पछि नहटेपछि निर्वाचन अनिश्चित भएको हो ।

स्ववियु निर्वाचनलाई लक्षित गरी सञ्चालक समितिको बैठकले संगठन दर्ता र भर्नाका लागि तोकेको समयअवधिको बिरोध जनाउँदै तालाबन्दीपछि नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीले ज्ञापनपत्र बुझाउँदै निर्वाचनको महोल बनाउन माग गरेको थियो भने माग सुनुवाई नभए निर्वाचन हुन नदिने विप्लव निकट विद्यार्थी संगठनले घोषणा गरेको थियो ।

चुनावको माहोल बढ्दै जाँदा क्याम्पसमा तालाबन्दी भएपछि स्ववियु निर्वाचनका मतदाता नामावली प्रकाशत,अन्तिम नामावली प्रकाशत,उम्मेदवारी मनोनयन लगायतका कार्यतालिका प्रभावित भएपछि सहमतिका लागि सञ्चालक समितिका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ दिपुको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा बुधबार दिउँसो ११ बजेभित्र विद्यार्थी संगठनले सहमति गरी निर्वाचनका लागि तयार भएको जानकारी नदिए अनिश्चितकालका लागि निर्वाचन नहुने निर्णय भएको निर्वाचन अधिकृत श्रीधर सुबेदीले बताउनुभयो ।

विद्यार्थी संगठनका छुटै छलफलमा समेत स्ववियू निर्वाचन घोषणापछि क्याम्पस प्रशासनले भर्ना गरेका नयाँ विद्यार्थीको विषयमा विद्यार्थी बिच एकमत नभएपछि विवाद चुलिएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसमा ९ सयको हाराहारीमा मतदाता छन्। स्ववियु निर्वाचन चैत्र ५ गतेलाई तोकिएको छ । हरेक दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०७३ सालपछि हुन सकेको छैन । २०७३ सालमा भएको स्ववियु निर्वाचनको इतिहासमा पहिलोपटक २८ वर्षे उमेर हद र मिश्रति निर्वाचन प्रणाली अवलम्वन गरिएको थियो ।

Leave a Reply