नेपालीमा एउटा उखानै छ,‘काग कराउँदै छ, पिना सुक्दै छ, अर्थात भन्ने भन्दै गर्छन, आफ्नो काम छोडनु हुन्न । यो उखान बेनी अस्पतालको निर्माणधिन ५० बेड क्षमताको निर्माणधीन बेनी अस्पतालको भवनका ठेकेदार रवीसिंह श्रेष्ठलाई ठ्याक्के लागु हुन्छ ।

निर्माण व्यवसायी हराएको सूचना सहितको तस्विरलाई सार्वजनिक स्थानमा टाँसेर विरोध प्रदर्शन, प्रधानमन्त्री सहित विभागीय मन्त्रीलाई ध्यानर्कषण, ठेकेदारलाई पटकपटक लिखित ताकेता गरिएपनि भवनले गति लिएको छैन् । ठेकेदारले आँखामा पट्टि र कानमा तेल हालेर सुतेजस्तै गरेका छन् ।

अस्पतालको निर्माणधिन अवस्थामा रहेको भवनभित्र झार पलाएको छ, निर्माण साम्रागी यत्रतत्र छरिएको छ ।अस्पतालको निर्माणधिन भवन भुत बंगला जस्तै देखिन्छ । अलपत्र भवन समयमै सम्पन्न गर्न नेपाल निर्माण ब्यवसायी महासंका अध्यक्ष एवम् ठेकेदार रवीसिंहलाई दिइएको दवावले समेत काम गरेको छैन् । अलपत्र भवनलाई समयमै सम्पन्न गर्न अनेक दबाबले समेत ठेकेदारलाई छुन नसकेको छैन् ।

म्याग्दी र छिमैकी पर्वतका विभिन्न वडाका बासिन्दाले सेवा लिने बेनी अस्पतालले अस्थायी संरचना बनाएर सेवा दिइरहेको छ । तत्कालिन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसँंग २१ पुस २०७३ मा महादेव खिम्ती, गल्वा रफिना जेभीले १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो ।

२० मंसिर २०७६ भित्र निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भए पनि योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ ।निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजारेको तीन वर्ष पुग्न लाग्दा बेनी अस्पतालको भवन निर्माण योजनाका काम करिब ६० प्रतिशतमात्रै सकिएको छ । निर्माण व्यवसायीको चरम ढिलासुस्ती र लापरबाहीका कारण बेनी अस्पतालको निर्माणाधीन भवन ढिलासुस्तीको नमुना बनेको छ ।

बुधबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली, गण्डकी प्रदेशका सांसद हरि भण्डारी सहितको टोलीले अलपत्र भवनको अनुगमन गरी सम्बन्धित निकायलाई आलु आवभित्रै सम्पन्न गर्न निर्देशन दिएको छ । केही दिन अगाडी प्रधानमन्त्री पुष्पकलम दाहलसँग समेत भेटेर अलपत्र भवनका बारेमा जानकारी समेत गराइएको प्रदेश सांसद हरि भण्डारीले बताउनुभयो ।

बेनी अस्पतालले अहिले भवन अभावमा अस्थायी संरचनाबाट स्वास्थ्योपचार सेवा दिँदै आएको छ । समयमै भवन नबन्दा स्वास्थ्यसम्बन्धी सबै सेवा गुणस्तरीय रूपमा सेवाग्राहीलाई दिन नसकेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो । संघीय सरकारका विभिन्न निकायमा पुगेर समेत दवाव दिएको दवावलाई समेत शक्तिशाली ठेकेदारले टेरेका छैनन् । ठेकेदारले काग कराउँदै जान्छ भनेजस्तै कुनैपनि चासो नदेखाएपछि अस्पताल प्रशासनले जनाएको छ ।

कुनैसमय बागलुङको धौलागिरि अञ्चल अस्पतालले गण्डकी अस्पताल पोखरा सिफारिश गरेको सुत्केरी व्यथाले च्यापेकी महिलाको शल्यक्रियामार्फत आमा र बच्चाको ज्यान जोगाएको बेनी अस्पताल जनशक्ती र भौतिक संरचनाको अभावले अहिले सेवा प्रवाहमा सेवाग्राहीले गुनासो गर्ने थलो समेत बनेको छ ।

बेनी अस्पतालमा शल्यक्रियामार्फत हुने जटिल प्रसूतिलगायतका शल्यक्रिया सेवाका साथै जोखिम अवस्थामा आएका बिरामी समेत उत्साहित हुदै गरेका धेरै समाचारले बिरामीको चाप ह्वात्तै बढेकोमा अहिले भौतिक संरचना र जनशक्तीको अभावले सेवाप्रवाह खस्किदै गएको अपांग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीले बताए ।

बेनी अस्पतालमा बेनी अस्पतालमा म्याग्दीसँगै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङको पश्चिम क्षेत्र लगायत गरी बार्षिक ६० हजारभन्दा बढीले सेवा लिन्छन् । भवन निर्माण आयोजना कार्यालय बागलुङले भवन अलपत्र पार्ने ठेकेदार कम्पनीलाई काम गरे भन्दा ७१ लाख बढी भुक्तानी दिएको महालेखाको ५९ र्औ प्रतिवेदनमा उल्लेख छ । अस्पतालको यो अवस्थाले जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिने राजनीतिक दलको प्रतिबद्धतालाई भवनले गिजाईरहेको छ ।

Leave a Reply