म्याग्दीको बेनीमा रहेको एनआईसी एसिया बैंकका कर्मचारीमाथी आक्रमण भएको छ । बेनी शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि आक्रमण भएको बैंकका एक कर्मचारीले जानकारी दिए । आक्रमणमा परेर आलेकोे टाउकोमा चोट लागेको छ भने सापकोटा समेत घाइते भएका छन् ।
उनीहरु ऋण अशुली गर्नका लागि पर्वत जिल्लाको जलजला गाउँपालिका वारीबेनी (पर्वत बेनी)मा पुगेका थिए । पत्र र लगानीको लागी कुरा गर्न पुगेका कर्मचारी माथी सटर लगाएर नियोजितरुपमा कुटपिट गरेको थिए । सापकोटा र आलेमाथि नियोजितरुपमा सांघातिक आक्रमण भएको कर्मचारीले बताए ।
बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादती र कर्मचारीको भएको घटनाको बिषयमा भोली बिहान प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बैंर्कश संघ म्याग्दीका अध्यक्ष नवराज ढुङ्गानाले बताए ।
पर्वतका डीएसपी मधुसुधन न्यौपानेले घट्नमा संलग्न पर्वतको जलजला गाउँपालिका–२ का ४० वर्षीय कृष्णबहादुर मल्ललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए ।

Leave a Reply