महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल म्याग्दीको अध्यक्षमा बिष्णु गौतम सापकोटा चयन हुनुभएको छ ।

बेनीमा बिहिबार भएको सञ्जालको पाँचौ जिल्ला अधिवेशनबाट सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । सञ्जालको उपाध्यक्षमा कृष्णकला सुवेदी, सचिवमा मनिषा रायमाझी, कोषाध्यक्षमा नन्दकली आचार्य सापकोटा, सहसचिवमा सुष्मा श्रेष्ठ चयन हुनुभएको छ ।
सदस्यहरुमा देवी केसी, डोल्मा बि.क. पटेल, स्मृति सुवेदी, तिलकुमारी राना लगायत रहुनभएको छ । सञ्जालकी निवर्तमान अध्यक्ष रेखा कौशल रेग्मीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो ।

Leave a Reply