प्रथम लिटर गार्डेन खाना महोत्सवमा विभिन्न खानाका परिकारका कक्ष राखिएको छ । महोत्सवस्थलमा राखिएका विभिन्न परिकारका खानाका स्वाद लिनको घुइँचो लागेको हो । ८ वटा स्थल राखिएको एकै ठाउँमा विभिन्न थरीका परिकारका स्वाद लिन पाउँदा छुट्टै खालको रमाइलो महसुस देखिन्छ । परिकारको स्वाद लिने, बनाउने र बिक्री गर्ने मात्रै नभई हेर्न जानेको समेत भिड छ।

झट्ट हेर्दा महोत्सव जस्तै देखिने म्याग्दीको सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडेमीका विद्यार्थीले शुक्रबार मन्टेश्वरी प्रांगणमा आयोजना गरेको खाना महोत्सवको दृष्य हो । विद्यार्थीलाई खानाका परिकार बनाउने, खाना बनाउँदा ध्यान दिनुपर्ने टिप्स समेत दिइएको थियो । ८ वटा स्टल रहेको महोत्सवमा विभिन्न परिकार फरक फरक स्टलमा राखिएको थियो ।

कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुको सहभागिता र क्रियाशिलतामा प्रयोगात्मक तथा सिर्जनात्मक खाना महोत्सव सम्पन्न गरिएको विद्यालयका प्रिन्सिपल दिपक सुबेदीले बताउनुभयो ।‘परिकारका बारेमा समेत स्टलमा आउनेलाई देखाइएको थियो,‘अतिरिक्त क्रियाकलापले समेत विद्यार्थीको क्षमता बढाउँछ’ सुबेदीले भन्नुभयो ।

पठनपाठन बाहेक घरायसी काममा अभिभावकलाई सघाउने विभिन्न गतिविधिलाई विद्यालयले अतिरिक्ति क्रियाकलाप अन्तरगत समेट्ने गरेको छ । खाना पकाउने, अभिभावक र अवलोकन गर्न गएकालाई दिने देखी भाडा माझ्ने काम समेत विद्यार्थीले गरेका थिए ।

खाना महोत्सवमा विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदी, प्रिन्सिपल दीपक सुबेदी, प्राज्ञिक सल्लाहकार प्रेम बहादुर जिसी शिक्षकशिक्षिका लगायत सम्पूर्ण विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेृको थियो।खाना पकाउने, अभिभावक र अवलोकन गर्न गएकालाई दिने देखी भाडा माझ्ने काम समेत विद्यार्थीले गरेका थिए ।

खाना महोत्सवमा राखिएका स्टलको सञ्चालक विद्यार्थीहरुसँग खाना महोत्सव सँचालन सम्बन्धी अभ्यास र अनुभव सम्बन्धी अतिरिक्त क्रियाकलाप संयोजक नगेन्द्र प्रसाद गौतमले छोटो संवाद तथा अन्तरवार्ता समेत लिनुभएको थियो ।खाना महोत्सवको सन्दर्भ र महत्व बारे प्रेम बहादुर जिसीले प्रकाश पार्नु भएको थियो ।

Leave a Reply