म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सवबाट दिपक छन्त्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको बरिष्ठ उपाध्यक्ष श्रीमति आसा बस्याल, उपाध्यक्ष तेजिन श्रेष्ठ, उपाध्यक्ष बाबुराम गौतम, उपाध्यक्ष अर्जुन चोखाल,महिला उपाध्यक्ष निर्मला पुन, महासचिब बिमल पुन, कोषाध्यक्ष तार्जन पुन,सचिब सुबास सापकोटा, प्रबक्ता अङकित गैरे,सह–कोषाध्यक्ष गौउदेबि फगामी, सहसचिब झलक श्रीपाली, उप–सचिब मन देबि गुरुङ रहेका छन् ।

युबा संयोजक चुन बहादुर रोका,खेलकुद प्रमुख नबिन थापा,खेलकुद उपप्रमुख नारायण थापा,टिम म्यानेजर लिल बहादुर रोका रहेको महासचिव बिमल पुनले बताए । त्यसैगरी सदस्य भक्त हर्मेल, प्रेम बहादुर पुर्जा, गिता देबि रोका, बिष्णु पाइजा हर्क बहादुर रोका बिसाल थापा निर्मल पुन ओम प्रकास पुन चिबिन घर्ति खिम बहादुर छन्त्याल सोम श्रीष
राम बहादुर बिक पारस फगामी, बिजय हर्मेल, गोकुल बुदाथोकी, मनजित गैरेलाई चयन गरिएको छ ।

अध्यक्ष मान बहादुर फगामीको सभापतित्वमा सम्पन्न अधिवेशनको नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको उद्घाटन गनुर््भयो । कुवेतको नेपाली संघ सस्था मध्य मोना कुवेत पनि निकै सकृय रहेको भन्दै अतिथिले प्रशंसा गरेका थिए । कार्यक्रम संचालन महासचिब तेजेन्द्र श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष नन्द बहादुर बरुवालले दिएका थिए ।

सस्थाको प्रतिवेदन उपाध्यक्ष चन्द्र गोतामेले प्रस्तुत गरेका थिए । संस्थामा उच्च योगदानको कदर गर्दै निर्वतमान अध्यक्ष मान बहादुर फगामी, वरिष्ठ उपाध्यक्ष नन्द बहादुर बरुवाल र उपाध्यक्ष चन्द्र गोतामेलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो । नव निर्वाचित अध्यक्ष दिपक छन्त्यालले कुवतेमा रहेका म्याग्देलीलाई सहज हुने गरी विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता जनाए ।

Leave a Reply