म्याग्दी जेसीजको ‘मेरो विद्यालय कार्यक्रम’ अन्तरगत बेनपा-४ डाँडाखेतस्थित बालमन्दिर आधारभुत विद्यालयमा निशुल्क आँखा शिविर सञ्चालन गरेको छ । आँखा शिविरको उद्घाटन गदैं वडा अध्यक्ष अणबहादुर खड्काले विद्यार्थीको नियमित आँखा चेकजाँचको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

उहाँले बालबालिकासँगै अभिभावकलाई समेत आँखाको सुरक्षाका लागि सचेतनामुलक कार्यक्रम सहित नियमित चेकजाँचको वातावरण बनाउन सकेमा आँखा जोगाउने अभियान सफल हुने बताउनुभयो । शिविरमा विद्यालयका प्रअ रामप्रसाद शर्माले स्वागत गर्नुभएको थियो भने नेत्र ज्योती संघका प्राविधिक अधिकृत एवम् कार्यक्रम संयोजक दिनेश बानियाँले शिविर र जेसीजका बारेमा पूर्व अध्यक्ष सुजन बरुवाललले जानकारी गराउनुभएको थियो ।

सोही अवसरमा नेत्र ज्योती संघका अध्यक्ष अमर बानियाँले जिल्लाभर भइरहेको शिविर सहित संस्थामार्फत हुने गतिविधिका बारेमा मन्तब्य राख्नुभएको थियो । शिविरमा १ सय विद्यार्थी र साढे २ सय अभिभावक, स्थानीयबासीको चेकजाँच र १ सय जनालाई निशुल्क चस्मा वितरण गरिएको म्याग्दी जेसीजका अध्यक्ष सुमन बानियाँले. बताउनुभयो । शिविर छिमेकी भिरमुनी, सेतढुंगा, कुमाल्डी लगायतका क्षेत्रबाट समेत अभिभावक र सर्वसाधारण आँखा परीक्षणका लागि आउनुभएको थियो ।

 

Leave a Reply