बावियाचौरमा १० दिने योग शिविर सम्पन्न

0
13

हरेक मानिसले जीवनमा सफलता र समृद्धिका लागि नियमित योग गर्नुपर्ने म्याग्दीको मंगला गाउँपालिकाको बावियाचौरमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन्।

नविन आनन्द योग केन्द्र नेपालको बावियाचौर शाखाले आयोजना गरेको १० दिने योग शिविरको समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले हरेक ब्यक्ति सफल हुन शारीरिक रूपमा सुस्वास्थ, मानसिक रूपमा सन्तुलन, बौद्धिक रूपमा प्रतिभावान् तथा आत्मिक रूपमा सबल र सामाजिक रूपमा सहयोगी हुनुपर्ने बताउनुभयो ।

उहाँले बावियाचौरमा नियमित योगसाधना सञ्चालनका लागि गाउँपालिका र ब्यक्तिगत रुपमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।  कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी अधिकारी, नविन आनन्द योग केन्द्र नेपालका अध्यक्ष सुरेन्द्रराज शर्मा, प्रमुख योग प्रशिक्षक नविन जुग्जालीले जिवनमा आइपर्ने समस्याहरुमा केन्द्रित रहेर खुसी जीवन जिउन, स्वस्थ हुनुपर्नेमा जोड दिनुभएको थियो ।

१० दिने योग शिविरमा ध्यान, प्रणायाम र शारिरीक अभ्यास लगायत जिवन दर्शन, आहार, विहार, विचारको सन्तुलन बारे बहुउपयोगी ज्ञान विज्ञान लगायतका बारेमा जानकारी गराइएको थियो । योगमा ३७ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा योग केन्द्रका दरबाङका अध्यक्ष खड्क बहादुर छन्त्याल, बावियाचौर प्रहरी चौकीका प्रमुख लालबहादुर थापा लगायतको उपस्थिती रहेको थियो । डा. योगी विकासानन्दबाट दिक्षित योगार्चाय तथा रेकी मास्टर नविन जुग्जालीले योगको महत्वका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

यसैबीच बावियाचौरमा विभिन्न क्षेत्रमा दैनिक ब्यस्त हुनेलाई बिहान बेलुकीको समयमा नियमित योग कक्षा सञ्चालन गर्ने गरी किरण थापा आचार्य ‘खिरवली’को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा विना भण्डारी, सचिव हिरा शेरपुञ्जा जुग्जाली, कोषाध्यक्ष मनमायाँ श्रीष पुन रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा हुमा शेरपुञ्जा, तारा घर्ती मगर, गौरी दगामी, राधिका कार्की, मिना भट्टचन, भिमबहादुर किसान, सिता आचार्य रहनुभएको छ । त्यसैगरी सल्लाहकारमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमाकुमारी अधिकारी, वडा अध्यक्ष धनबहादुर खाती क्षत्री, मंगला माविका प्रअ गमबहादुर खत्री, म्याग्दी उद्योग वावियाचौर इकाई सभापति चक्रलाल पाण्डे, मंगला माविका शिक्षक होमनाथ पाण्डे रहनुभएको छ ।