पर्वतमा सेल्फी खिच्ने क्रममा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । बागलुङ र पर्वत जोड्ने विश्वकै लामो पुललाई सेल्फी तस्बिरमा पार्ने गरि भिरको ढिकबाट सेल्फी खिच्ने क्रममा १८ वर्षीय अप्सरा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

मृतक खातुन सेल्फीखिच्ने क्रममा भीरबाट लडेर १०० मिटर तल खसेको न्यौपाने बताउनुभयो ।बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो पुलमा सेल्फी खिच्ने क्रममा लडेर १८ वर्षीया अप्सरा खातुनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक खातुन भारत घर भई हाल बागलुङ बजार बस्दै आएको बुझिएको छ । शवलाई पोष्टमार्टमा लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएकाे र घटनाको विषमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

Leave a Reply