पश्च्मि म्याग्दीमा रहेको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल नै वियजी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका भिममायाँ रोका नेतृत्वको प्यानल नै विजयी भएको हो । रोकाले १ सय ३० मत प्राप्त गरिन भने नेपाल विद्यार्थी संघका गौरव आचार्यले १५ मत पाएका छन् ।

त्यस्तै सचिवमा अनेरास्ववियूका रविन शाहीले १३० मत र कोषाध्यक्षमा तारा रानाले १२६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अनेरास्ववियुबाट सदस्यहरुमा मेघबहादुर घर्ती (१३२), विन्दा रोका (१३५), सजिना सुबेदी (१३५), किशोरी फगामी (१३४), यूमायाँ दर्जी (१३२) पाएर विजयी भएको निर्वाचन अधिकृत बलबहादुर कार्कीले बताए । जम्मा २१२ मतदाता रहेको क्याम्पसमा १४३ मत खसेको थियो । निर्वाचन नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले भने बाहिस्कार गरेको थियो ।

समानुपातिकमा १२ मत प्राप्त गरेको नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनमा एउटा स्थान पाउने उहाँले बताउनुभयो। मतदान बिहान ८ बजेर १० मिनेटमा शुरु भएको र ४ बजे सम्म १४३ जनाले मतदान गरेका थिए । मंगला शिक्षा क्याम्पसमा प्रत्यक्षतर्फ नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सबै ८ पदमा उम्मेदवारी दर्ता गराएको थियो । प्रत्यक्षतर्फ सबै पद अनेरास्ववियुले हात पारेको भए पनि समानुपातिकमा भने एउटा सीट नेबिसंघले प्राप्त गर्नेभएको छ ।

 

Leave a Reply