जलवायू परिर्वतन तथा वातावरणीय प्रदुषणले मानव स्वास्थ्यमा पारेको असरलाई न्यूनिकरण गर्न जनचेतना फैलाउने उद्देश्यले नेपाल र भारतका १५० जना बौद्ध भिक्षु÷भिक्षुणी टोली नवौं ईको साईकल यात्रा मुस्ताङ पुगेर फर्किएको छ।

काठमाण्डौंबाट साइकलमा यात्रा गरी म्याग्दी हुदै मुस्ताङ पुगेको टोली सोमबार बेनी–मालढुंगा हुदै फर्किएको छ । डुक अमिताभा माउन्टेन अर्थात सेतो गुम्बामा बस्ने भिक्षु÷भिक्षुणी र भारतको लदाकमा बस्ने भिक्षु÷भिक्षुणी सहितको टोली रहेको टोलीकी एक सदस्य भिक्षणी जिग्मे रिग्झिङले बताईन् ।

‘सडकमा काम भइरहकाले धेरै सास्ती भयो,‘हिलाम्मे सडकमा यात्रा जोखिमपूर्ण भएपनि पार गदैं पोखरा फर्किदैछौ’ उनले भनिन् । डुक अमिताभा माउन्टेन (सेतो गुम्बाका १०० जना र भारतको लदाकका ५० जना भिक्षु–भिक्षुणी टोली साइकल यात्रामा रहेको उनले बताईन् । २२ दिनदेखि काठमाण्डौंबाट मुस्ताङका लागि ईको साईकल यात्रा सुरु गरेका थिए ।

यात्राको क्रममा टोलीले मुस्ताङका साथै विभिन्न स्थानमा रहेको गुम्बाको दर्शन समेत गरेका थिए । टोलीमा रहेका भारतीयले उपल्लो मुस्ताङमा जाँदा स्वास्थ्यमा समस्या हुने भएकाले मुक्तिनाथ आसपासबाट नै फर्किएको थियो ।

Leave a Reply