म्याग्दीको बेनीमा जारी म्याग्दी कप–२०७९ आमन्त्रीत फुटबल प्रतियोगिताको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा पूर्व खेलाडीहरुको टोलीले बेनी नगरपालिकालाई तीनका बिरुद्ध चार गोलले पराजित गरेका छन् ।

म्याग्दी जिल्लाका पूर्व फुटबल खेलाडीहरुको सक्रियतामा जारी म्याग्दी कप–२०७९ आमन्त्रीत फुटबल प्रतियोगिताको अवसरमा आयोजकका बिरुद्ध बेनी नगरपालिका बीच मैत्रीपूर्ण फुटबल हुँदा नगरपालिका पराजित भएको हो ।

चैत १ देखि जारी फुटबल प्रतियोगिताको सेमीफाइनल सकिए पछि आयोजना गरीएको मैत्रीपूर्ण खेलमा बेनी नगरपालिकाका तर्फबाट कमल मिजार, गोकुल शर्मा र अनित पौडेलले एकएक गोल गर्नुभएको थियो । त्यस्तै म्याग्दी कप–२०७९ आमन्त्रीत फुटबल प्रतियोगिताका आयोजकको तर्फबाट सिद्धान्त शाक्यले एक गोल गर्नुभएको थियो भने जिल्ला फुटबल संघका अध्यक्ष दिलीप बुढाथोकीले तीन गोल गर्नुभएको थियो ।

मैत्रीपूर्ण खेल पछि नगरपालिकाका तर्फबाट गोल गर्नुभएका गोकुल शर्माले खेलमा हार जित भन्दा पनि मनोरञ्जन भएको बताउनुभयो । म्याग्दी कप–२०७९ आमन्त्रीत फुटबल प्रतियोगिता पनि बेनी नगरपालिका भित्रै अयोजना गरिएकोले पनि मैत्रीपूर्ण खेल नगरपालिका संग गरिएको फुटबल संघका अध्यक्ष बुढाथोकीले बताउनुभयो । उहाँले आगामी दिनमा पनि नियमित खेलकुद प्रतियोगिता आयोजना गर्नुका साथै यस्ता खेलहरुल्े आपसी सद्भाव बृद्धि गर्ने बताउनुभयो ।

Leave a Reply