न्यू दोभान यूथ क्लब चौथौ वार्षिक साधरण सभाबाट अध्यक्षमा उपेन्द्र गिरी चयन भएका छन् । सोमबार सदरमुकाम बेनीमा भएको साधारणसभाबाट उपाध्यक्षमा बिनोद घर्ती,सचीव विशाल कर्की, कोषाधक्ष रोनिया बस्नेत गिरी, ससचीव अभिनाश श्रेष्ठ रहेका छन् ।

त्यसैगरी कार्यसमितिको सदस्यमा सिद्धर्थ शाक्य सिजन गिरी प्रबुद्ध रामजाली, रुबिन श्रेष्ठ साजन बोहोरानारायण नेपाली अनुपम श्रेष्ठ, जेनेस श्रेष्ठ, सुजन रेस्मी,आकृर्ती श्रेष्ठ,समिर पौडेल, सस्मिता केसी, प्रतिश श्रेष्ठ रहेको अध्यक्ष गिरीले जानकारी दिए ।

बेनी नगरपालिका–७ नं वडा मुख्य कार्यक्षेत्र रहेको क्लवले खेलकुदसँगै अन्य सामाजिक कार्यहरु समेत गर्ने अध्यक्ष गिरीले बताए । यसैबीच क्लवले क्लवका अध्यक्ष स्व अन्न्त गिरीको स्मृतिमा हिन्दु महिलाको पर्व तिजको अवसरमा दोस्रो दोभान छात्र खुला फूटबल प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

सोही अवसरमा बि.स २०७६ सालमा आयोजित अन्तरमावि स्तरीय छात्रा फुटबल प्रतियोगितामा कुल ६ लाख ८४ हजार आर्थिक संकलन गरेकोमा ३ लाख ६४ हजार खर्च गरी बचत भएको ३ लाख २० हजार मुद्धतीमा राखेको छ । सोही अवसरमा निर्वतमान क्लवका काव अध्यक्ष सविन श्रेष्ठ,कोषाध्यक्ष सिद्र्धाथ शाक्य लगायतले समेत अघिल्लो कार्यकालमा गरिएको सहयोगबाट उत्साहित भएको बताएका थिए ।

Leave a Reply