ललितपुर महानगरपालिकाको पाटन ढोकास्थित मदन पुस्तकालय गुठीको हाताभित्र यालमाया केन्द्रमा विदेशी पर्यटक भरिभराउ थिए ।

विश्वका विभिन्न देशबाट आएका यूवाहरूको जमघट देखिएको केन्द्रमा विदेशीको प्रमुख आर्कषण सयौं गोली लागेर छियाछिया भएको बिजुलीको पोल थियो । कुनै एक गैरसरकारी संस्थामार्फत विश्वभरका यूवाहरुलाई आयोजित सेमिनारमा नेपालमा चलेको १० बर्षे सशस्त्र युद्धको उदाहरण दिने गरी पोलका बारेमा केन्द्रका कर्मचारीले विदेशीलाई बताइरहेका थिए।

केही विदेशीले पोलमा सेल्फी खिचिरहेका थिए, एकल र समुहमा पोल देखिने गरी तस्वीर लिन ब्यस्त थिए। पोलको नजिकै भित्तामा अंग्रेजी र नेपालीमा पोलको बारेमा लेखिएको विवरणहरूलाई आफ्नो मोवाइलमा खिच्ने नेपाली पर्यटकहरुले पोल कसरी यहाँ आयो भन्ने जिज्ञासमा केन्द्रका कर्मचारीहरुले अनविज्ञता प्रकट गर्छन् । पोल हेर्नेका लागी आउने पर्यटकले ब्यापार बढाएको भने स्वीकार गरे ।

पोल नजिकै राखिएको बक्समा प्रसस्तै डलर र नेपाली नगद छ । नाम नवताउने सर्तमा एक कर्मचारीका अनुसार त्यहाँ विभिन्न तालिममा आउने विदेशीले समेत सहयोग गर्ने, भिडियो साम्रागी बनाउने गरेका छन् ।

पाटन ढोकास्थित मदन पुस्तकालय गुठीमा पुग्ने नेपाली र विदेशीलाई आर्कषित गर्ने पोल तत्कालिन विद्रोही माओवादी र सरकारी सेनाबीच बेनी भीडन्तको प्रमाणका रुपमा रहेको युद्धपोलबाट केन्द्रले मनग्य लाभ लिइरहेको छ।नेपालमा चलेको यूद्ध, शान्ति प्रक्रिया सम्बन्धि कुनैपनि कार्यक्रमहरुलाई केन्द्रमा सञ्चालन गर्नुको प्रमुख उद्देश्य नै पोल भएको कर्मचारीको भनाई छ ।

पोलको प्रयोग गरी संस्थाले लाभ लिइरहेको छ २०६० चैत ७ गते तात्कालीन नेकपा माओवादीले गरेको बेनी आक्रमणका बेला सरकारी सेना र माओवादी सेनाबीच दोहोर भीडन्तमा बेनी–मंगलाघाट सडकअन्तरगत हाल रहेको सिचाँई कार्यालय नजिक सयौं गोली लागेर छियाछिया भएको पोल रातारात पाटन ढोकामा पु¥याइएको थियो ।

पोल काठमाण्डौ पु¥याएको एकदशक वितिसक्दा समेत जिल्लामा फिर्ता ल्याउने पहल नहुदाँ १० बर्षे सशस्त्र युद्धको बास्तविकता बुझ्न आउने विदेशीहरु पोलको अवलोकन र पाटन ढोकामा राखिएका जानकारीहरु हरेर फर्किने गरेका छन्।

गुठीका सञ्चालक कनकमणि दीक्षितले तत्कालिन समयमा विद्युत प्राधिकरणका कर्मचारीसँगको मिलेमतोमा विना जानकारी सुटुक्क रातीमा पोल परिवर्तन गरी पाटन ढोका पु¥याएका थिए । पोल लैजान तत्कालिन समयमा विद्युत प्राधिकरण सहित केही सरकारी निकायका प्रतिनिधिहरुको मिलोमतो देखिन्छ । सुटुक्क लगेको पोल ल्याउन पहल भएकै आधादशकसम्मको प्रयास सफल हुन सकेको छैन् ।

बेनी–मंगलाघाट सडकमा रहेको पोललाई रातरात निकालिएको थियो । पोल गायब भएपछि एक्कासी ललितपुरमा पुगेपछि मात्रै सार्वजनिक भएको थियो । लामो खोजीपछि सञ्चालक दीक्षितले आवश्यक प्रक्रिया पुरा गरेर आए पोल फिर्ता दिने बताएपनि जिल्लाका सरोकारवाला निकायको बेवास्ताका कारण राखिएको यालमाया केन्द्रले जनाएको छ ।

पोललाई यूद्धको निसानीको रुपमा मात्रै नभई यूद्धले नेपालीलाई पारेको नकारात्मक असरको सन्देश दिनका लागि समेत पोलको संरक्षण गरेको यालमाया केन्द्रको भनाई छ ।पोल निकाल्ने र लैजान प्राधिकरणका कर्मचारीको सहयोग बिना असभ्व जस्तै थियो ।

पोल जोगाउने नाममा लगेर मनग्य कमाइरहेको अवस्थामा जिल्लाका सरकारी निकायका प्रतिनिधि, जनप्रतिनिधि र अन्य सरोकारवाला निकायका प्रतिनिधि टुलुटुल हेर बस्न बाध्य छन् । पोलका बारेमा बेलाबेलामा सामाजिक सञ्जाल तात्ने गरेको छ।

बेनीबाट गएको पोल ल्याउन बेनी नगरपालिकाका मेयर सुरत केसीले समेत पहिलो कार्यपालिकाको बैठकबाटै निर्णय गरेपनि प्रक्रियामा असहयोग गरेकाले ल्याउन नसकिएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालभित्र जसरी पनि पोल ल्याउने प्रतिबद्धता जनाउनुभयो । पोल म्याग्दीमा भित्रिएसँगै यूद्ध संग्रालयको कामले समेत तिब्रता पाउने अपेक्षा गरिएको छ ।

चर्चा धेरै, उपलब्धी सुन्य
पुरस्कार पुस्तकालय हातामा स्थापना भएको ‘शान्ति संग्रहालय’मा राख्ने गरी बेनीबाट रातारात गायव गरिएको पोल फिर्ता ल्याउने चर्चा धेरै भएपनि प्रगती सुन्य जस्तै छ । पोललाई बेनीमा ल्याएर सहिद स्मारक बनाउने, लभ्लीहिलमा यूद्ध संग्रालय बनाउने जस्ता योजना बनाइएपनि बेनी नगरपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासनमार्फत प्रभावकारी पहल हुन सकेको छैन् ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक मार्फत गृहमन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय ललितपुरको ध्यानकर्षण गराउँदै ज्ञापन पत्र समेत बुझाइएको थियो । नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनन्जयकुमार श्रेष्ठ, लायन्स क्लव अफ नेपालका चन्द्रकुमार केसी, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठ लगाएतको सहभागितामा ज्ञापनपत्र बुझाइएको थियो ।

पोल बन्नसँग बेनी भ्रमणको आर्कषण
तत्कालिन माओवादी र राज्य बिच सबैभन्दा ठूलो आक्रमण बेनीमा भएको थियो । बेनी आक्रमणको चैत्र ७ गते १६ बर्ष पुरा हुन्छ । बेनी आक्रमणको क्रममा फालिएका बमहरु अझै भेटिदैछन् । केहीसमय अगाडी मोटरको सेल समेत भेटिएको थियो। पोल लगायत बेनी आक्रमणको क्रममा भेटिएका बन्दुक लगायतका दस्तावेजहरुसंग्रह गरेर भावी पुस्तालाई जानकारी दिने र यूद्ध संग्रालयको प्रचार गर्न सकेमा बेनी घुम्न आउने एउटा मुख्य आर्कषण बन्ने थियो ।

युद्धका अवशेसहरुलाई संग्रह गरेमा अध्ययन अनुसन्धान गर्न समेत विदेशी समेत बेनीसम्म आउने धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए । लडाइँका चिन्ह र अवशेषहरुलाई जोगाएर राखिएमा जिल्लामा नयाँ किसिमका पर्यटकहरु भित्रिने उनको भनाई छ ।रातारात गायब गरिएको उक्त पोल जिल्लामा फिर्ता ल्याउन अव ठोस पहल आवश्यक रहेको उनको भनाई छ ।

म्याग्दीका धेरै बस्तीहरुलाई समेटेर गुरिल्ला पदमार्ग समेत बनाइएको अवस्थामा बेनी आसपासका क्षेत्रमा पोल सहित यूद्धका बास्तविकतामा आधारित नयाँ संरचना, अलपत्र र बिग्रिएका हतियारहरु भण्डारन, आक्रमणका क्रममा लिइएको तस्वीहरुको प्रर्दशनी लगायतका कार्यहरुलाई समेट्नुपर्ने उनको भनाई छ ।

Leave a Reply