बागलुङ नगरपालिकाले क्रिकेटर करण केसी र सुवास भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको छ । राष्ट्रिय टोलीका सदस्य करण र यू–१९ टोलीका सदस्य सुवासलाई सम्मान गर्ने निर्णय गरिएको नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।

नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने करणलाई १ लाख र यू–१९ विश्वकप छनोटमा नेपाललाई विश्वकपसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने सुवासलाई ५० हजार रुपैयाँ नगदसहित बुधबार सम्मान गरिने उपप्रमुख खड्काले बताए । करण बागलुङ नगरपालिका–८ सिगानाका हुनभने सुवास काठेखोला गाउँपालिका–१ पालाका हुन् ।

देशको प्रतिनिधित्व गरी अन्तराष्ट्रियस्तरमा खेल मार्फत देशको नाम राख्न सफल भएकोले खेलाडीहरुलाई सम्मान गर्न लागिएको उपप्रमुख खड्काले बताए । उनले राष्ट्रिय खेलाडीको प्रोत्साहन र अन्य खेलाडीहरुलाई पनि हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गर्न लागेको बताए ।

आईसीसी विश्वकप लिग टु का खेलमा करणले कुल ५० विकेट लिंदै सानदार प्रर्दशन गरेका थिए । करण नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलर अलराउण्डर हुनभने सुवास यू–१९ क्रिकेट टोलीका स्पिनर हुन् ।

Leave a Reply