अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

बिरामीको उपचारका लागि मोना बेल्जियमको सहयोग

On: March 21, 2023 8:01 PM
Follow Us:
---Advertisement---

म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमले मंगला गाउँपालिका–२ का एक जना बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । उच्च रक्तचापका कारण टाउकोको शल्यक्रिया गरेका मंगला –२ हिदीका बेलबहादुर बि.कलाई बेलिज्यमबाट पठाइएको रु. एक लाख दुई हजार ९०० मंगलबार उपलब्ध गराइएको छ ।

मंगला २ का योगेन्द्र बिकको पहलमा मोना बेल्जियमले पठाएको सो रकम मंगला गाउँपालिका २ का वडा अध्यक्ष धनबहादुर खाती क्षेत्री, वडा सचिव अनिताकुमारी सापकोटा र म्याग्दी उद्योग वाणिज्य संघ मंगला इकाईका सभापति चक्रलाल पाण्डे (राजु)ले बेलबहादुरकी श्रीमति नौलीमाया बिकलाई हस्तान्तरण गर्नुभएको हो ।