म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा जापानको फुकुओकामा आयोजित मोना क्युस्यु भलिबल कपको उपाधी आयोजकले जितेको छ ।

‘स्वास्थ्यका लागी खेलकुद‘ भन्ने मुल नाराका साथ म्याग्दी जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोगार्थ जि एण्ड के खाबुसीकि खाइस्या र भेटघाट नेपाली रेस्टुरेन्टको प्रमुख प्रायोजनमा आयोजित प्रतियोगितामा जोनान ताइकुकानमा सम्पन्न भएको पुरुष भलिबल प्रतियोगितामा फाइनलमा आयोजक मोना क्युस्यु र तनहुँ स्पोर्ट्स क्लब बीच भएको खेलमा १ का विरुद्ध ३ सेटले जित हात पारेको थियो ।

साथै महिला भलिबलमा आयोजक मोना क्युस्यु र श्री गणेश खुकुरी भलिबल क्लब बीच भएको फाईनलमा १ का विरुद्ध ३ सेटले श्री गणेश खुकुरी क्लब प्रथम भएको संयोजक ज्ञान छन्त्यालले जानकारी दिनुभयो ।पुरुष भलिबलमा प्रथम र दिप्तीय हुने टिमले क्रमशः २५०,००० येन र १२५,००० येन प्राप्त गरेका थिए ।

साथै महिला भलिबलमा प्रथम र दिप्तीय हुने टिमले क्रमशः ५५,५५५ येन र २५,००० येन का साथमा पुरुष र महिला दुवै विधामा ट्रफि, मेडल र प्रमाणपत्र पनि प्राप्त गरेका थिए । पुरुष भलिबल वेस्ट प्लेयरमा मोनाका सबिश क्षेत्री, वेस्ट सेटर खडक मगर र वेस्ट स्पाइकर मनोज ठोकर भएका थिए । साथै महिलामा मोना क्युस्युकी रिना छन्त्यालले वेस्ट प्लेयरको अवार्ड प्राप्त गरेकी छन ।

सम्पुर्ण खेलाडीहरुको एक दिने बिमा गर्न सहयोग गर्नुहुने एनआरएनए क्युस्यु लगायत सम्पूर्ण सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद ज्ञापन सहित प्रशंसा पत्रले सम्मान गरिने जानकारी मोना क्युस्युका संयोजक दिपक बिकले बताउनु भयो । पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा फुकुओका वाणिज्य दूतावासका सचिब दीपक देवकोटा, नाङ्लो घर फुकुओकाका संचालक रमेश कुँवर, ईश्वर श्रेष्ठ, एनआरएनए क्युस्युका उप संयोजक विवेक बुढाथोकि लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

मोना क्युस्यु स्थापना काल देखीनै देशमा होस या परदेशमा परी आएका समस्यामा म्याग्देली र गैर म्याग्देलीमा केही भेदभाव नगरी विभीन्न सामाजीक कार्यमा अग्रसर रहेको छ । यस पटक गर्न लागीएको भलिबल प्रतियोगीताबाट भएको फाइदाको केहि प्रतिशत खर्च गरी म्याग्दीको स्थानिय निकायसँगको सहकार्यमा म्याग्दी जिल्लामा स्वास्थ्य शिवीर संचालन गर्ने योजना रहेको कुरा संयोजक बिकले बताउनु भयो ।

 

Leave a Reply