प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले मंगला गाउँपालिका-५,अर्मनमा पुगेर चुनावी प्रतिबद्धता कार्यान्वयन गर्ने बाचा गर्नुभएको छ । बुधबार मतदातालाई धन्यवाद तथा विकास निर्माण सहितका स्थानीयका विभिन्न गुनासो सुन्न वडाका विभिन्न बस्तीमा पुगेर स्थानीय तथा विद्यालयको भौतिक तथा शैक्षिक सुधारका बारेमा छलफल गर्नुभएको हो।

अर्मनको छिस्बाङ,टिकाबाङ,सिर्कुम र किमचौरमा रहेका सामुदायिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य गर्बुजाले संघीय सरकारबाट जिल्लालाई प्राथमिकतामा दिएर बजेट विनियोजनका लागि निरन्तर पहल गरेको बताउनुभयो ।

‘चुनावमा चिल्ला भाषण गदैं घरदैलोमा आएर भेटेर फर्कियो भन्ने नसम्झनुहोला,‘यसपटक म्याग्दीका लागि बजेट ल्याउन समेत अनुकुल वातावरण बन्दैछ’ सांसद गर्बुजाले भन्नुभयो । उहाँले मतदाता निराश नबनाउने गरी प्राथमिकतका आधारमा बजेट ल्याउने बताउनुभयो ।

जनताको दुःख सुखमा साथ दिएमात्रै मतको सदुपयोग र सम्मान हुने भएकाले आफ्नो कार्यकालमा जिल्लाभित्रका प्राथमिक योजनामा बजेटका लागि संघीय सरकार र गण्डकी प्रदेश सरकारका साथै प्रदेशभसा सदस्यसँगको समन्वयमा प्राथमिकता दिएर बजेटलाई जनतामाझ ल्याउने बताउनुभयो ।

सांसद गर्बुजालाई सारदा माविको भौतिक तथा शैक्षिक सुधारका लागि आवश्यक पर्ने बजेट विनियोजन गर्न विद्यालयका प्रधानध्यापक खगिन्द्र सापकोटा र दुर्गबहादुर खत्रीले मागपत्र बुझाउनुभएको थियो । भेटघाट तथा धन्यवाद कार्यक्रममा जिल्ला तथा स्थानीय नेता तथा कार्यकर्तालगायतका ब्यक्तिहरुको उपस्थिति थियो।

Leave a Reply