म्याग्दीको बेनी नगरपालिकाले बजारमा रहेका अव्यवस्थित तारहरु हटाउन थालेको छ । बजारलाई सफा र सुन्दर बनाउन नगरले विद्युतका पोलहरुमा अस्तव्यस्त रुपमा रहेका तारहरुलाई हटाउन लागेको हो ।

विद्युतका पोलहरुमा रहेका तारहरुलाई व्यवस्थित गरेर बजारलाई सफा र सुन्दर बनाउन नगरपालिकाले यो अभियान थालेको हो । विद्युतका पोलहरुमा रहेका अनावश्यक तारहरुले बजारलाई नै कुरुप बनाउनुका साथै यत्रतत्र झुण्डीएका तारहरुले दुर्घटनाको जोखिम समेत बनाएको थियो ।

नेपाल विद्युत प्राधिकरण र विभिन्न केवल तथा इन्टरनेट प्रदाय संस्थासंग समन्वय गरेर बजार क्षेत्रका विद्युत पोलमा रहेका अनावश्यक तारहरु हटाएर नगरलाई सफा र सुन्दर बनाउने अभियान थालिएको नगरका प्रमुख सुरत केसीले बताउनुभयो । उहाँका अनुसार १५ दिन भित्र बजार क्षेत्रका तारहरुलाई व्यवस्थित गरिनेछ ।

विभिन्न केबुल तथा इन्टरनेट सेवा प्रदायकहरुले मापदण्ड विपरीत विद्युतका पोलहरुमा अस्तव्यस्त रुपमा तानिएका तारहरुले बजारको सौन्दर्य कुरुप बनेको र दुर्घटनाको जोखिम समेत बढेको पाइएपछि सेवा प्रदायक संघसंस्थाको सहकार्यमा बजारको बालमन्दिर चोकबाट तारहरुको ब्यवस्थापन गराउने काम सुरु गरिएको नगर प्रमुख केसीले बताउनुभयो ।

नगर प्रहरीको नेतृत्वमा वडानम्वर ७ र ८ वडाको बजार क्षेत्रमा रहेका विद्युतका पोलहरुमा रहेका अब्यवस्थित इन्टरनेट तथा केवल प्रदायक संस्थाका तारहरु १५ दिनभित्र हटाइने नगरपालिकाले जनाएको छ । पोलका अब्यवस्थित तारहरु हटाउन केवल, इन्टरनेट प्रदायक संस्थाका प्रतिनिधिहरु,नगरप्रहरी र तार ब्यवस्थापन गर्ने तीन जनाको प्राविधिक टोली बजारमा खटिएको छ ।

 

Leave a Reply