म्याग्दीको बेनी नगरपालिकाले गरेको विकास निर्माण र सेवाप्रवाह विषयमा आर्थिक बर्ष २०७९÷०८० को दोस्रो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार वडा नम्वर ६ अर्थुङ्गेस्थित वडा कार्यालय परिसरमा जनप्रतिनिधि, कर्मचारी,नगरबासी जनताको उपस्थितमा नगरको विकास र सेवाप्रवाह विषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले चालु आवको दोस्रो चौमासिकमा सम्पन्न भएका विकास, निर्माण तथा योजनाको प्रगति र सेवा प्रवाहको बारेमा जानकारी गराउनुभएको थियो । बेनी नगरले दोस्रो चौमासिकसम्म पँुजीगत खर्च २९।७९ प्रतिशत प्रगति हासिल गरेको छ । चालु आवको फागुनसम्ममा नगरले विकासतर्फ रहेको २९ करोड ३६ लाख ३८ हजार रुपैयाँ बजेटमध्ये ८ करोड ७४ लाख ४५ हजार रुपैया खर्च गरेको छ ।

नगरको चालु आवको दोस्रो चौमासिकसम्म भएका गरेका विकास निर्माण तथा सेवा प्रवाह विषयमा वडानम्वर ६ को वडा कार्यालयमा भएको सार्वजनिक सुनुवाईमा दोस्रो चौमासिकसम्म कुल बजेटको ४२।२९ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताउनुभयो । नगरको कुल बजेट ७८ करोड ८५ लाख ७५ हजार रुपैयाँ छ ।

त्यस्तै चालुतर्फ ४६।८९ प्रतिशत बजेट खर्च गरेको छ। चालुतर्फ रहेको ४९ करोड ४९ लाख ३६ हजार रुपैयाँ बजेटमध्ये २३ करोड २० लाख ८९ हजार रुपैयाँ खर्च भएको छ ।यस बर्ष नगरले ४ करोड २३ लाख ७० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य मध्ये दोस्रो चौमासिकसम्म २ करोड ४२ लाख ९९ हजार ४ सय ६३ रुपैयाँ संकलन गरेको छ।फागुनसम्म पूर्वाधारतर्फ २२ प्रतिशत प्रगति छ ।

पुर्वाधारतर्फ १७ करोड ६८ लाख ८५ हजार रुपैयाँ बजेटमध्यै ३ करोड ८९ लाख ४७ हजार रुपैयाँ बजेट खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । ३४२ योजनामध्ये १२ वटा योजना बोलपत्रबाट निर्माण प्रक्रिया अघि बढाईएको छ ।

चालु आवमा ११३ योजना सम्झौता भई ११२ वटा योजनाको अन्तिम भुक्तानीको प्रक्रियामा छन भने एक सय ५ वटा योजना सम्झौता हुने प्रक्रियामा रहेको प्रतिवेदन छ। नगरबासीले उठाएका जिज्ञाशाको जवाफ बेनी नगरपालिका मेयर सुरत केसी, उपमेयर ज्योती लामिछाने र प्रमुख प्रशासकिय अधिकृत ढकाल, वडा नं ६ का वडाअध्यक्ष कृष्णसिङ बानियाँ, वडा नं ९ का चक्र केसी, ईन्जिनियर बिमलरञ्जन कार्कीले दिनुभएको थियो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीको अध्यक्षता भएको कार्यक्रममा सहभागीहरुले गुनासो र आवश्यकताका बारेमा ध्यान दिन जनप्रतिनिधि र कर्मचारीसँग माग गरेका थिए । नगरपालिकाको कुल बजेट ७८ करोड ८५ लाख ७५ हजार मध्ये फागुन मसान्त सम्म चालु तर्फ २३ करोड २० लाख ८९ हजार र पुजिगततर्फ ८ करोड ७४ लाख ४५ हजार खर्च भएको छ ।

ठाकुर पौडेल, दिपक हमाल, हरिप्रसाद पौडेल, यादव सुवेदी, नवराज पौडेल, राधिका पौडेल, लाल बहादुर खत्री, किशोर शर्मा, कोमल प्रसाद उपाध्याय, तुल बहादुर भण्डारी, धर्मदत्त ढुङ्गाना, नेत्र महत, दिपक पौडेल, बाबुराम बानिया, जीवन प्रसाद पौडेल गणेश बानियाँ, विष्णु बानियाँ, मुना बानियाँ लगायतका सहभागीहरुले आफ्ना गुनासो, तथा सुझावहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले वडा नम्वर ६ को कार्यालय छेउको बाटो मर्मत गर्नुपर्ने, विद्युतका तारहरु व्यवस्थापन गर्नुपर्ने, सकड विस्तार गर्दा मापदण्द अनुसार गर्नुपर्ने, सार्वजनिक जग्गा अतिक्रमणलाई रोक्नुपर्ने, बेनी पाखापानी सडकमा सवारी धनिले मनपरि भाडा लिएकाले समायोजन गर्नुपर्ने, वृहत घोप्तेखोला खानेपानी योजना रोकिएकाले पुनह सुचारु गर्नुपर्ने, एक घर एक धारा खानेपानी योजना संचालन गर्नुपर्ने, नगरपालका भित्रका सडकहरुलाई बाह्रै महिना सहज संचालन हुने बनाउनुपर्ने, गुनासो गरेका थिए ।

त्यस्तै योजना छनौट र उपभोक्ता समिति गठनमा सवैलाई सहभागी गराउनुपर्ने, अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने, भुक्तानी प्रक्रियालाई सहज बनाउनुपर्ने, बेनपा ६ को नेपाने, एकपाटे, चिप्लेटि खानेपानी योजनालाई व्यवस्थित बनाउनुपर्ने, विपद व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुपर्ने, टुक्रे योजना नवनाई आवश्यकताको आधारमा ठुला योजनाहरु संचालन गर्नुपर्ने महारनी थान, छाप, तातोपानी सडकलाई पूर्णता दिनुपर्ने, बेनी गलेश्वर काउलेगौडा, पात्लेखेत सडकलाई स्तरउन्नति गर्नुपर्ने लगायतका गुनासा तथा सवालहरु सहभागीहरुले उठाएका थिए ।

सहभागीले उठाएका प्रश्नहरुको जवाफ दिदै बेनी नगरपालिकाका प्रमुख केसीले शिक्षा, स्वास्थ्य, कृषि, यातायात लगायतको विकासमा नगरपालिकाले संघ तथा प्रदेश समेतका योजनाहरु संचालन गरिरहेको बताउनुभयो ।बुहत घोप्तेखोला खानेपानी योजनामा उपभोक्ताले समेत १५ प्रतिशत रकम व्यहोर्नुपर्ने व्यवस्था भएकाले काममा ढिलाई भएको बताउदै आवश्यक प्रक्रिया मिलाएर तुरुन्त योजना संचालन गरिने बताउनुभयो ।

नगरपालिकाको सवै वडामा एक घर एकधारा खानेपानी योजना संचालन गर्ने याजना भएपनि पानीको मुहान नहुँदा समस्या उत्पन्न भएको नगर प्रमुख केसीले बताउनुभयो । कार्यक्रम नगर प्रमुख केसीको अध्यक्षता, वडा नम्वर ६ का अध्यक्ष बानियाँको स्वागत र प्रशासन अधिकृत युवराज थापाको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply