पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले बुधबार १६ औ स्थापना दिवस अवसरमा विरामीलाई फलफुल र रक्तदान कार्यक्रमको आयोजना गरेको छ । स्थापना दिवसको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले रक्तदान नै जीवनदान भएको बताउनुभयो ।

उहाँले रक्तदानमार्फत एकले अर्कालाई बचाउनु मानवीय कार्य समेत भएको बताउँदै रक्तदान कार्यलाई समाजमा सकारात्मक सन्देशका रुपमा लैजानुपर्नेमा जोड दिनुभयो । रक्तदान कार्यक्रममा सहकारीका सञ्चालक, कर्मचारी, सेयर सदस्यहरु गरी १८ जनाले रक्तदान र ३२ जना बिरामीलाई फलफुल वितरण गरेको बरिष्ठ प्रबन्धक प्रेमलाल कँडेलले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रमलाइ आगामी दिनमा समेत निरन्तरता दिने संस्थाका उपाध्यक्ष हरिप्रसाद पौडेलले बताउनुभयो । उहाँले सहकारीले बचत तथा कर्जा प्रवाहसँगै विभिन्न सचेतनामुलक र सामाजिक कार्य गर्ने बताउनुभयो स्थापना । रेडक्रस सोसाईटी अन्तरगत रक्तसंचार केन्द्रको प्राविधिक सहयोग गरेको थियो ।

बि.स. २०६३ चैत ११ गते स्थापना भएको सहकारीको मालिका गाउँपालिकाको दरवाङमा केन्द्रिय कार्यालय रहेको छ भने म्याग्दी जिल्लाका सबै स्थानीय तहमा कार्यक्षेत्र रहेको सहकारीको शाखा छ । म्याग्दीमा धेरै शाखा भएको सहकारी समेत हो । संस्थाका उपाध्यक्ष हरिप्रसाद पौडेलको स्वागत तथा अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद आचार्यले गर्नुभएको थियो ।

Leave a Reply