म्याग्दीमा कुल जनसंख्याको आफ्नै घरमा बस्ने ८४.३ प्रतिशत रहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको नेपालको जनगणना-२०७८ तथ्याङ्कमा कुल जनसंख्याको भाडा लिएर बस्ने १२.६ प्रतिशत रहेको देखिन्छ। जिल्लाको ६ वटै स्थानीय तहमा प्राकृतिक विपत्ती, सुकुम्बासी वा अन्य विभिन्न कारणले अर्काको घरमा बस्नेको संख्या १२ प्रतिशतभन्दा धेरै रहेको तथ्याङ्कले देखाउँछ । जिल्लाको कूल क्षेत्रफल २ हजार २९७ वर्ग किलोमिटर रहेकोमा ९५.०३ प्रतिशत लैङ्गिक अनुपात, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ ।

४७ ब्यक्ति प्रति बर्गकिलोमिटरमा बसोबास गर्ने गरेका छन् । म्याग्दीमा अपाङ्गता भएको जनसंख्याको प्रतिशत ५ रहेकोमा अपाङ्ता भएको महिलाको ४.५ प्रतिशत रहेको भने पुरुष ५.४ प्रतिशत छ ।

म्याग्दीबाट विदेशमा बसोबास गर्ने अनुपस्थित जनसंख्या पुरुष ६ हजा ९६१ र महिला १८ सय ५ गरी कुल १० हजार ७६६ छ भने देशभित्र अन्य स्थानमा बसोबास गर्नेको संख्या १४ हजार ७७७ रहेको छ । जसमा पुरुष ७ हजार ५ जना र महिला ७ हजार ४७२ रहेको छ । देशभित्र अन्य स्थानमा बसोबास गर्नेको संख्या १४ हजार ७७७ रहेको छ । जसमा पुरुष ७ हजार ५ जना र महिला ७ हजार ४७२ रहेको छ ।

Leave a Reply