---Advertisement---

म्याग्दीमा ७३.५ प्रतिशतले खाना पकाउन दाउरा प्रयोग गर्दै

On: March 25, 2023 3:02 PM
Follow Us:

अहिले म्याग्दीको सहरी तथा ग्रामिण क्षेत्रमा ग्याँस र विद्युतीय उपकरणको खपट ह्वात्तै बढेको छ । सहरबजारमा घरमा बिजुली र ग्यासबाटै खाना पाक्छ । तर पनि केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको नेपालको जनगणना–२०७८ तथ्याङ्कमा म्याग्दीको कुल जनसंख्यामा दाउराबाट खाना पकाउने ७३.५ प्रतिशत र ग्यासचुल्होको प्रयोग गर्ने २५.७ प्रतिशत रहेको पाइएको छ । ग्रामिण क्षेत्रमा दाउराको प्रयोग बढी हुन्छ ।

विद्युतको पहुँच पुगेको स्थानमा समेत दाउराको प्रयोग धेरै हुने गरेको पाइएको छ । तथ्याङ्कमा विद्युतीय उपकरणको प्रयोग गर्न सक्नेले समेत दाउराको प्रयोग गर्ने गरेको पाइएको छ । खाना पकाउने दाउराको जोहो गर्न नसक्नेले गोबरको गुइँठा बनाएर खाना नपकाउने तर चिसोबाट बच्न पनि गुइँठा बालेर ताप्ने गरेको पाइन्छ। सुधारिएको चुल्होको प्रयोग बढ्दो रहेकाले समेत दाउराबाट खाना पकाउनेको संख्या अधिक रहेको जनगणना कार्यालय म्याग्दीका तत्कालिन प्रमुख घनश्याक सापकोटाले बताए ।