म्याग्दीमा अझै १ सयभन्दा बढी दूषित पानी खान बाध्य छन् । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको जनगणना २०७८ को तथ्याङ्कमा १ सय ११ घर परिवारल खोला र झरनाको पानी सिधै प्रयोग गर्ने गरेका छन् । कुल जनसंख्याको ०.४ प्रतिशतले इनार, कुवा र झरना र खोलाको ०.४ प्रतिशतले शुद्ध पिउनेपानीबाट वञ्चित भएको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै घरभित्र धारा ३६.१ प्रतिशत, घरबाहिर धारापाइप भएको ५४.७ प्रतिशत, मुलधाराको प्रयोग गर्ने ८.२ प्रतिशत रहेको छ।कुल घरधुरी २८ हजार ७७६ रहेकोमा खानेपानीको सहज आपूर्ती हुने जनसंख्या धेरै छ । खोला र झरनाको खानोपनी प्रयोग गर्ने अधिकांस बस्ती बाहिर बसोबास गर्ने रहेको तथ्याङ्क अधिकृतको रुपमा कार्यरत घनश्याम सापकोटाले बताउनुभयो ।

त्यस्तै म्याग्दीमा केन्द्रिय प्रशारण लाइन, लघुलविद्युत र सोलारबाट बिजुली बाल्नेको संख्या ९५.१ प्रतिशत रहेको छ भने बिना विजुली टुकीको भरमा रहेका ४.९ प्रतिशत रहेको देखिन्छ। कुल घरधुरीमा जस्ताको छानो ७ हजार ४६३, सिमेन्ट ढलान ३ हजार ७११, ढुंगास्लेट १७ हजार १६१ र खरको छाना ३ सय ३२ रहेको छ ।

जिल्लामा २०७८ को अन्तिम नतीजामा एक लाख सात हजार ३३ जना रहेको छ ।म्याग्दीमा महिलाको जनसंख्या ५४ हजार ८८० र पुरुषको संख्या ५२ हजार १५३ जना भएको छ । कुल घरधुरी २८ हजार ७७६ रहेकोमा आफ्नै घरमा बस्ने ८४.३ प्रतिशत,भाडा लिएर बस्ने १२.६ प्रतिशत रहेका छन्। जिल्लाको कूल क्षेत्रफल २ हजार २९७ वर्ग किलोमिटर रहेकोमा ९५.०३ प्रतिशत लैङ्गिक अनुपात, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ । ४७ ब्यक्ति प्रति बर्गकिलोमिटरमा बसोबास गर्ने गरेका छन् ।

Leave a Reply