सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बेनी शाखाले शनिबार स्वास्थ्य शिविर संचालन गरेको छ । सामाजिक उत्तरदाहित्व अन्तरगत बैंकले बेनी नगरपालिका वडा नं ४ सिंगामा आयोजित शिविरमा १ सय १५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरिएको शाखा प्रबन्धक पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।

शिविरमा बेनी सञ्जिविनी हेल्थ क्लिनिकका डा.रोशन आचार्यको नेतृत्वमा रहेको टोलीले सुगर, प्रेसर सहित विभिन्न रोगको चेकजाँच सहित आवश्यक सुझाव दिनुभएको थियो । बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । गाउँ गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको बैंकले जनाएको छ ।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बेनीबजारमा रहेको शाखा सहित ग्रामिण क्षेत्रमा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

Leave a Reply