सामाजिक एवम् मानवीय सेवामा संक्रिय लायन्स क्लव अफ बेनी लभ्लीहिलले आयोजना गरेको शिविरमा २७२ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

ग्रामिण क्षेत्रमा लुकेका बिरामीको पहिचान गरी उपचार गर्ने उदेश्यले रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाममा आयोजित शिविरमा १३९ जनाको सुगर (मधुमेह) लगायत विभिन्न समस्याको परिक्षण गरेर निशूल्क औषधी वितरण गरिएको शिविरका संयोजक नेत्रराज सुवेदीले बताउनुभयो ।

शिविरको उद्घाटन गदैं वडा अध्यक्ष प्रविण गर्बुजाले जनचेतना लगायत विभिन्न समस्याका कारण रोगको पहिचान तथा नियमित उपचारमा समस्या झेल्दै आएका स्थानीयलाई रोग पहिचान गरी उपचारमा सहज भएको बताउनुभयो ।

शिविरमा जटिल समस्या भएका र नियमित औषधी सेवन गर्नुपर्ने बिरामीको संख्या धेरै भेटिएको बेनी अस्पतालका चिकित्सक गोविन्द पोख्रेलले बताउनुभयो । डा. पोखे्रलको नेतृत्वमा विद्या बानियाँ, ल्याब टेक्नीसियन सिताराम श्रेष्ठ लगायतको टोलीले परीक्षण गरेको थियो । शिविरमा लायन्स क्लवकी जोन चियर पर्सन संगिता श्रेष्ठ, क्लवका संस्थापक अध्यक्ष अर्जुन पौडेल लगायतले बोल्नुभएको थियो ।

क्लवका अध्यक्ष भरतबहादुर रकालको अध्यक्षतामा भएको शिविरको सञ्चालन सचिव सोहन श्रेष्ठ, स्वागत उपाध्यक्ष एवम् संयोजक नेत्रराज सुबेदीले गर्नुभएको थियो । चिकित्सक पोखेल, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण गर्नुभएको थियो । शिविरमा औषधी सहित तीन लाख खर्च भएको थियो । शिविरमा एकता युवा क्लब दग्नाम र दग्नाम स्थित आमा समुहले भोलिन्टियर सहयोग गरेका थिए ।

Leave a Reply