राम प्रसाद घिमिरे \नेपालकै पुरानो मेलाको रुपमा परिचित चैत्राष्टमी मेला यसवर्ष चैत्र १३ गतेदेखि सञ्चालन हुँदैछ | प्रसिद्ध धार्मिक स्थल कालिका भगवती मन्दिरको परिसरमा आयोजना हुने यस वर्षको मेलाको तयारी पुरा भएको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । आगामी चैत्र १३ देखि १७ गतेसम्म सञ्चालन हुने मेलाको सम्पुर्ण तयारी पुरा भएको शनिवार आयोजित पत्रकार भेटघाटमा आयोजकले जनाएको छ |

पाँचदिन सम्म सञ्चालन हुने मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए। सदाका वर्षहरूमा जस्तै यस वर्ष पनि मेलामा भलिबल, राष्ट्रिय लोकदोहोरी, छेलो फाल्ने प्रतियोगिता, बाल उद्यान रमाइलोमेला, चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड साङ्गीतिक प्रस्तुति लगायतका कार्यक्रमहरु आयोजना गरिने संयोजक खड्काले जानकारी दिए। परम्परागत रुपमा सयौं वर्षदेखि लाग्दै आएको मेलालाई पछिल्ला वर्षदेखि गुठी व्यवस्थापन समितिले व्यवस्थित गरि सञ्चालन गर्दै आइरहेको छ ।

पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिँदै आएको अध्यक्ष खड्काले बताए। स्थानिय उत्पादनलाई विशेष प्राथमिकता: प्राचिन इतिहास समेत बोकेको मेलामा यस वर्ष भने स्थानिय रुपमा उत्पादित वस्तुहरु र उत्पादकलाई विशेष प्राथमिकता दिइएको पत्रकार भेटघाट कार्यक्रममा मुल आयोजक समितिका संयोजक समेत रहेका खड्काले बताए |

“मेलामा व्यापारिक हिसाबले घरेलु एवं स्थानिय उत्पादन लिएर आउने उत्पादकलाई निशुल्क स्टलको व्यवस्था गरेका छौँ, यसबाट स्थानिय उत्पादनको प्रवर्धनमा सहयोग पुग्नेछ” अध्यक्ष खड्काले भने ” यसका साथै मेलामा आउने स्थानिय उत्पादकलाई प्रोत्साहन होस भन्ने हिसाबले यस वर्ष यातायात खर्चको समेत व्यवस्था गरेका छौँ |

पछिल्ला वर्षहरूमा विभिन्न ठाउँहरुमा व्यापारिक मेलाहरु आयोजना हुने गरेको भएपनि नेपालकै प्राचीन मेला मानिएको यो मेलाको आफ्नै महत्त्व र इतिहास रहेको अग्रजहरु बताउँछन् । मेलाको आयोजनाका लागि विभिन्न विषयगत उप समितिहरु गठनगरि सबै तहको तयारी पुरा भइसकेको प्रचारप्रसार उप समितिका संयोजक राजेशचन्द्र राजभण्डारीले बताए |

“मेलाको सबै तयारी करिव सकिसकेको छ, यो मेलामा बढि भन्दा बढि दर्शक भित्र्याउनका लागि सबै सञ्चार माध्यम एवं सञ्चारकर्मीहरुलाई व्यापक प्रचारप्रसारका लागि अनुरोध गर्दछौँ ” पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घना जङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरि पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ ।

पुजाअर्चनाका लागि मन्दिरमा हरेक समयमा सयौं भक्तजनको भिड हुने भएपनि विशेषत चैतेदसैँ र बडा दसैँमा लाखौंको सङ्ख्यामा भक्तजनको भिड हुने गर्दछ । यस वर्षको मेला अवदिभर ५ भन्दा बढि दर्शक भित्र्याउने लक्ष्य रहेको आयोजकले जनाएको छ |

Leave a Reply