म्याग्दीको बेनीमा रहेको लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा प्रकाश माविकी छात्रा गृष्मा जिसी प्रथम भएकी छन् ।

संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा लिटल गार्डेन एकेडेमीकी विदिशा सुवेदी द्धितिय,पर्वत बेनीको न्यू होराइजन आवासीय पर्वतकी स्मृती जिसी तृतिय भएकी छन् ।

त्यसैगरी धौलागिरी मावि सिंगाकी सिता गुरुङ र बेनी सामुदायिक विद्यालयकी सजिना शर्माले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ ।

प्रथम, द्वितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई क्रमश ५ हजार,३ हजार, २ हजार र १ हजार नगद, प्रमाणपत्रका साथै सहकारीले सञ्चालन गरेको खुत्रुके बचतका लागि खुत्रुके प्रदान गरीएको थियो । विजेतालाई राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् गण्डकी प्रदेश संयोजक रामबहादुर जिसी, अध्यक्ष हरिकृष्ण शर्मा गौतम, उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठ, सचिव ओमप्रसाद शर्मा, कोषाध्यक्ष देबेन्द्र पौडेलले पुरस्कार वितरण गरेका थिए ।

उच्च शिक्षा अध्ययनको लागि बाल बचतको महत्व, समाज रुपान्तरणमा सहकारी, ‘वर्तमानको बचत भविष्यको आधार’ शिर्षकमा निबन्ध लेखन प्रतियोगितामा म्याग्दीका सात र छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकबाट एक गरी आठ विद्यालयको सहभागिता रहेको थियो । पुरस्कार वितरण कार्यक्रमको अवसरमा बाल बचत तथा सहकारीमार्फत शिक्षामा गर्न सकिने सहयोगका बारेमा समेत सचेतामुलक कार्यक्रम गरिएको थियो ।

 

Leave a Reply