अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

रैथाने बाली प्रर्वद्धन गर्दै मालिका सरकार

On: March 27, 2023 11:35 AM
Follow Us:
---Advertisement---

मालिका गाउँपालिकाले रैथाने बाली प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालन गर्ने जनाएको हो ।

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषक, कृषि सहकारी, कृषि समूहले आवश्यक कागजातसहित चैत १८ गतेभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । कार्यक्रम सञ्चालनको लागि पालिकाले विभिन्न मापदण्ड तयार बनाएको र सोही अनुरुप कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।