म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको दरबाङ–धारापानी खण्ड स्तरोन्नति गर्ने ठेकेदारको पूर्व सूचना नदिदाँ एक स्थानीयको ज्यान गएको छ । सडकखण्डमा काम गरिरहेको धुलिखेल–ब्राइट–कुँवर जेभीका मजदुरले सडक विस्तारका बारेमा सूचना नदिदाँ बाख्रा चराइरहेका धवलागिरी गाउँपालिका–७ ताकम धारापानीका ६८ बर्षिय लालु थापाको ढुंगाले लागेर घटनास्थलमै ज्यान गएको हो ।

धारापानीको हारभीर भन्ने जंगलमा बाख्रा चराइरहेका थापालाई माथिबाट डोजरले फालेको ढुंगाले टाउको र शरीरमा लागेर ज्यान गएको स्थानीय किरण थापाले बेनीअनलाइनलाई जानकारी दिनुभयो । ‘बेलुकी बाख्रा घर फर्किएपनि उहाँ आउनु्भएन, खोज्दै जाँदा चोट लागेर ज्यान गएको अवस्थामा भेटियो’ थापाले भन्नुभयो ।

सडक विस्तारको क्रममा सूचना दिनुपर्नेमा ठेकेदारको लापरवाही भएको भन्दै पीडित परिवारले कानुनी उपचार खोज्ने बताएका छन् । विना सूचना सडक विस्तार गर्दा विगतमा समेत पैदलयात्री र सवारीसाधनमा समेत आवतजावत गर्ने सर्वसाधारणको ज्यान जोखिममा परेको थियो ।घटना शनिवारको हो ।

मृतकको शव पोष्टमार्टका लागि बेनी अस्पतालमा ल्याइएको छ । सोमबार पोष्माटर्म पछि अन्तिम संस्कार गरिने जनाइएको छ । सडक फराकिलो बनाउने, ग्रेड तथा घुम्ती सुधार र पर्खाल निर्माणको क्रममा जोखिम हेरेर सूचना जारी गनुर््पर्छ । ‘दरबाङ–दाङखोला–ताकम–मुना–ढोरपाटन सडक आयोजनालाई गण्डकी प्रदेश सरकारको प्राथमिकतामा राखेको योजना हो । धारापानीदेखि मुनासम्मको करिब १३ किलोमिटर सडक स्तरोन्नतिका लागि डीपीआर तयार पारेर अर्को चरणमा ठेक्का प्रक्रियामा लैजाने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

 

Leave a Reply