पर्वत जिल्लाको फलेवास नगरपालिका-४, मुडिकुवा पर्वतका बिमलादेवी तिवारीले १० बर्षिय अमृत तिवारीलाई कृत्रिम खुट्टा खोजिरहेकी छन् । आर्थिक रुपमा अति विपन्न उमानाथले छोराको शिक्षादीक्षा र आवतजावतमा हुने गरेको समस्याबाट सधै निरास छन् । तीन छोरीपछि जन्मिएको छोरा अपाङ्ग भएपछि शिक्षादीक्षा र उपचारमा सधै चिन्तित छन् ।

‘तीन छोरीपछि जन्मिएको छोरा अशक्त भएपछि आफूमाथि पहाड खसेजस्तो भएको छ,‘ श्रीमान पनि शारीरिक रुपमा अशक्त भएपछि झनै समस्या छ’ विमलादेवी तिवारीले भनिन् ।

४० वर्षिय उमानाथले स्वासनलीको समस्याका कारण कष्टकर जीवन बिताइरहेका छन् भने १० वर्षिय छोरा अमृत जन्मिदै अपाङ्ग भएकाले कृत्रिम खुट्टा राख्ने पैसा समेत नभएको बिमलादेवील बताईन् । ‘छोरा र श्रीमानको अवस्था देख्दा दिउँसै अन्धकार भएको छ,‘छोराछोरीलाई पढाउने आर्थिक समेत जुटाउन सक्ने अवस्था छैन’ उनले भनिन् ।

कृत्रिम खुट्टा भएमा छोराको पढाइ, हिंडडुलको इच्छा पुरा हुने भएकाले साथ–सहयोग खोजिरहेको अवस्थामा स्थानीय, प्रदेश र संघीय सरकारका निकायमा सहयोग माग्दा समेत नजर नपुगेको उमानाथले गुनासो गरे । जन्मिदाँ कमजोर खुट्टाले असर गर्ने भएपछि चिकित्कसले काटेर फालिदिएको उनले बताईन् । छोरालाई ६ महिनामा नियमित औषधी खुवाउनुपर्ने भएपनि पैसाको अभावले केही महिना औषधी समेत पु¥याउन नसकेको बताईन् ।

छोराको लागि कृतिम खुट्टा किन्नुपर्ने भएपनि आर्थिक समस्या रहेको र छोरीहरुको शिक्षादीक्षाका लागि ऋण खोज्नुको विकल्प नभएको तिवारी दम्पत्तीको गुनासो छ । मेलापात गरेरै भएपनि एसएलसीसम्मको अध्ययन गरेका उनी रोजगारीको सिलसिलामा कतार पनि नपुगेका होइनन् तर कतारमै रहदा शरीरमा (स्वासनली) समस्या देखिएपछि काम गर्न नसकेर घर फर्किए ।

घर फर्किए लगत्तै आमालाई पनि गुमाउन पुगेका उमानाथको स्वास्थ्य दिनप्रतिदिन कमजोर बन्दै गयो ।आर्थिक अवस्थाकै कारण उपचार गराउन नपाएका उनी अहिले पनि शारीरिक रुपमा अशक्त नै छन् । स्वासप्रस्वासको समस्यात छँदैछ शरीरभरी गेर्खाको समस्याले उनी दिनानूदिन पीडित बन्दै गैरहेका छन् । घरमा बाबू छोरा नै शारीरिक रुपमा अशक्त भएपछि तिवारी परिवार निकै कष्टकर जीवन बिताईरहेको स्थानीय लोकनाथ भुसालले बताए ।

‘घस्रदै स्कुल गएको दृश्यले जोकसैको मुटु चुडाल्छ,‘सहयोगी हातको पर्खाइमा यो परिवार छ’ साहित्यकार समेत रहेका लम्सालले भने । उनले कुनै आम्दानीको बाटो नभएका कारण यो परिवार यतिबेला सहयोगी मनहरुको पर्खाईमा रहेको भुसालको भनाई रहेको छ । तिवारी दम्पत्तीले छोराछोरीको उच्च शिक्षासम्म सहयोगी ब्यक्ति र निकाय समक्ष यातना गरेका छन् ।
सहयोगका लागि

Leave a Reply