देशमा भएको अराजकता हटाएर समृद्ध नेपाल शुखी नेपाली बनाउने अभियानलाई थप मजबुत बनाउनका लागि मिसन ग्रासरुट कार्यक्रम तय गरीएको नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य खुमबहादुर बानियाँले बताउनुभयो ।

दक्षिणपन्थी अवसरबाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजबादको आधार निर्माण गरौं भन्ने मुल नाराका साथ धौलागिरी गाउँपालिका–२ लुलाङमा आयोजित नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रममा उहाँले समृद्ध नेपाल र शुखी नेपाली बनाउन एमाले नै चाहिने बताउनुभयो ।

बानियाँले देशका अधिक राजनैतिक दलहरुको घेराबन्दीबाटै पनि अहिलेको अवस्थामा एमाले आएकोले अब कुनै पनि घेराबन्दीले एमालेलाइ असर पार्न नसक्ने बताउनुभयो । उहाँले एमाले भनेको बैचारीक एवम् शैद्धान्तिक तबरले प्रशिक्षत पार्टीहो, देशको हितका लागि एमाले मजबुत हुनै पर्छ ।

मिसन ग्रासरुट कार्यक्रममा म्याग्दीकी उपसचिव थमसरा पुनले केही प्राविधिक कारणले एमाले पछि परेको भए पनि आगमी निर्वाचनमा मजबुत बनाउनका लागि यो अभियान चालिएको बताउनुभयो । अखिल नेपाल महिला संघ जिल्ला उपाध्यक्ष हेमकुमारी गर्बुजा, पार्टी जिल्ला कमिटी सदस्य सुवादेबी पुर्जा, अनेमसंघ जिल्ला सदस्य सरदेबी बिक, आदीबासी जनजाती महाँसंघ जिल्ला सदस्य मोतिप्रसाद पाईजालगायतले कार्यक्रममा बोल्नु भएको थियो ।

Leave a Reply