मंगोल नेशनल अर्गनाईजेसन म्याग्दीले वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र बनाउने फारममा भर्नुपर्ने धर्म सम्बन्धि विवरण नागरिकलाई नसोधी मनोमानी ढंगले कर्मचारीले भर्ने गरेको भन्दै गम्भीर ध्यानार्कषण भएको जनाएको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागमार्फत म्याग्दीका विभिन्न वडामा पुगेको टोलीमार्फत भइरहेको संकलन अभियानमा कुनै धर्म विषेशलाई सहज हुने गरी काम भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललाई मंगोल नेशनल अर्गनाईजेसन म्याग्दीका संयोजक डेग बहादुर पुन डिके ले ज्ञापनपत्र बुझाउनुभएको छ ।

ज्ञापनपत्र बुझाउँदै तेस्रो जिल्ला अधिवेशन आयोजक सभाका संयोजक पुनले विवरण संकलन कार्य स्वच्छ, निष्पक्ष र यथार्थ विवरण संकलन गर्न गराउन समेत सम्ब्न्ध्ति निकायहरुलाई समेत अनुरोध गरिएको बताउनुभयो ।

नेपाल धर्मनिरिपक्ष देश भएकाले राज्यलाई आवश्यकता धार्मिक विवरणको तथ्याङ्क संकलन गर्न सक्ने भएकाले राष्ट्रियताको परिचय खुल्ने संवेदनशिल विषयमा अनावश्यक रुपमा धार्मको विवरण उल्लेख गर्ने पर्ने बाध्यकारी ब्यवस्था गर्नु धर्मनिरपेक्षताको मर्म विपरित हुने गरेको समेत विज्ञप्तीमा जनाइएको छ ।

ज्ञापनपत्र बुझाउने क्रममा तेस्रो जिल्ला अधिवेशन आयोजक सभाका आर्थिक संयोजक दिपक पुन लगायतको उपस्थिती रहेको थियो ।  म्याग्दीमा एक वटा स्टेशनमा कम्तिमा १५ दिन टोलीले जैविक र व्यक्तिगत विवरण दर्ता गर्ने समय तालिका भएकाले वडास्तरमा अहिले दर्ताका लागि आउनेको संख्या दिनप्रतिदिन बढेको छ। विभिन्न १३ किमिसमका सामग्री सहित २० जना जनशक्तिलाई घुम्ती टोली म्याग्दीमा छन् ।

सक्कल नागरिकता, विवाहितको हकमा सक्कल विवाहदर्ता वा नाता खुल्ले सक्कल सरकारी परिचयपत्र सहित सस्टेशनमा सम्पर्क गर्नुपर्छ । नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचयपत्र हो ।

Leave a Reply