---Advertisement---

भर्सटाइल कलाकार रवी कार्की

On: March 28, 2023 10:07 PM
Follow Us:

थोरै गीत गाएर पनि दर्शकको नजरमा अटाएका गायक हुन् रवि कार्की। हाँस्यव्यङ्ग्य एवं लोकदोहोरी कलाकारको रुपमा परिचय बनाएका कार्कीले गाएका गीतहरू बजारमा थोरै मात्र सार्वजनिक छन् । तर थोरै गीत भएपनि कार्कीलाई दर्शक स्रोताको साथ राम्रो छ। लोक गीत संगीतमा मौलिक गीत मार्फत दर्शक स्रोतामाझ प्रस्तुत हुनुपर्छ भन्ने सोच बोकेका गायक कार्की एक अब्बल सर्जक पनि हुन्।

उनले सृजना गरेका गीतहरू पनि दर्शकमाझ लोकप्रिय छन् ।रवि कार्कीको लोकदोहोरी ‘मायाँ के रैछ’ पञ्चेबाजाको लोकदोहोरी गीति एल्बम ‘बेनीबजारमा झर मायालु’ र ‘जाम सुस्तै’ भन्ने गितबाट लोकप्रिय बनेका कार्कीको म्यूजिक भिडियोले यूवापूस्तालाई समेत आर्कषित गर्ने बताए । कार्कीले पछिल्लो समय लाइभदोहोरीबाट थप उचाईमा पुगेका छन् ।

म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरका कार्कीले ‘बागलुङ पन्चकोट’ बोलको गीतमा गाएको दोस्रो भागलाई दर्शक स्रोताले निकै रुचाएका छन् । इनेपाल खबरको प्रस्तुति रहेको यो दोहोरीमा रविले जडिया क्यारेक्टरमा दोहोरी गाएका थिए। जाँड खाएपछि गाउँघरमा गाइने दोहोरी शैलीमा प्रस्तुत हुने एक जडिया व्यक्तिको भुमिका निर्वाह गरेका रविको क्यारेक्टर र गायनलाई निकै प्रशंसा गरिएको छ। उनी अहिले लाइभदोहोरीमा स्थापित कलाकारलाई नै छायाँमा पारेर अगाडी बढेका छन् ।

इनेपाल रोधीका संचालक राजन क्षेत्री केही महिना अघि अमेरिकाबाट जन्मथलो बाग्लुङ आएका थिए।सोही समयमा करिब ५० जना बढी लोकप्रिय कलाकारहरु लिएर राजनले आफ्नो जन्मभुमि बाग्लुङको धार्मिक एवम् पर्यटकीय स्थल पन्चकोटलाई प्रचारप्रसार गर्ने उद्देश्यले इनेपाल रोधीघरको लागि धेरै एपिसोडहरु छायांकन गराएका थिए।

राजनको आग्रहमा रविले ३ टुक्का दोहोरी गाएका थिए। अन्ततः तिनै टुक्काहरु भाइरल हुन पुगे ।थोरै टुक्काहरुलाई दर्शक स्रोताले अत्याधिक रुचाएपछि निर्माण टिमले दोस्रो र तेसा्रे भाग पनि दर्शक स्रोतामाझ ल्याएका छन् । तीनवटै भाग लोकप्रिय भएपछि उनलाई अहिले लाईभदोहोरीका लागि अफैअफर आएको छ ।

गीत लेख्ने, मीठो आवाजमा गाउने मात्रै नभएर कमेडी सँगै क्यारेक्टरमा रहेर अब्बल दोहोरी गाउन सक्ने कार्की भर्सटाइल कलाकारको छवी बनाएका छन् । उनले मेलापर्वमा होडबाजी गदैंनन् । विचौलियाबाट कलाकारलाई बेच्ने प्रयासबाट सधै अलग रहेका कार्कीले मेलापर्व र महोत्सवमा आफ्नो रेट अनुसारको अफर भएमात्रै समय दिने गरेका छन् ।