जनसंख्या र विकास बिच तालमेल राख्दैं परिवार नियोजन, सुरक्षित गर्भपतन सेवा, प्रजनन स्वास्थ्य, उपयुक्त जीवन शैली, बसाईसराई र सहरीकरण, अध्ययन अनुसन्धान, विकास आयोजनले जनसंख्यामा पारेको प्रभाव, यूवा समुहलाई रोजगारमुलक कार्यमा उपभोग गरिने भन्ने मूल नीतिका साथै जनसंख्याको बृद्धिदर घटाउने बि.स २०६८ को जनगणनाको नतिजापछि जारी नेपालको जनसंख्या नीति २०७१ को लक्ष्य रहेको थियो ।

जनसंख्याको घट्दो कारण र सम्रग विषयमा जनगणना कार्यालय म्याग्दीको प्रमुख भएर काम गरेका घनश्याम सापकोटासँग बेनी साप्ताहिकले गरेको कुराकानीको सम्पादित अंशः

राष्ट्रिय जनगणना २०७८ को सम्रग जनसांख्यिक तस्विर कस्तो देखियो ?
विगतदेखि वर्तमान सम्मको तथ्यांक हेर्दा आठौ राष्ट्रिय जनगणना २०४८ को जनसंख्या १ लाख ५ सय ५२ थियो, नवौ राष्ट्रिय जनगणना २०५८ को जनसंख्या १ लाख १४ हजार ४ सय ४८ (गणना समयमा द्वन्दकालको सामानय प्रभाव) त्यस्तै गरी दशौ राष्ट्रिय जनगणना २०६८ मा १ लाख १३ हजार ६ सय ४१ थियो भने हालको २०७८ को प्रारम्भिक नतिजा अनुसार म्याग्दी जिल्लाको जनसंख्या १ लाख ७ हजार ३ सय ७२ जना रहेको छ ।

जनसंख्या घट्दो क्रममा देखिनु चिन्ताको विषय हो होईन ?
म्याग्दी जिल्ला लगायत ३२ जिल्लाको जनसंख्या वृद्दीदर ऋणत्मक रहेको छ । केहि मात्रामा जनसंखया घट्नु वा वढ्नु चिन्ताको विषय मानिदैन तर धेरै मात्रामा जनसंखया घटवढ भएको भएमा अनुसन्धानको विषय भने वन्न सक्ने अवस्था आउन सक्छ । चालु १५ औं पञ्बर्षिय योजनामा जनसंख्या बृद्धिदर यथावत राख्ने वा बृद्धि गर्ने वा जनसंख्या बृद्धिदरमा कमी ल्याउने भन्ने प्रष्ट कतैं उल्लेख छैन् । मुख्य बसाईसराईलाई ब्यवस्थित गर्ने मात्रै छ ।

जनसख्या वृद्दिदर ऋमात्मक देखिनुलाई तथ्यांकिय हिसावले कसरी हेर्नु भएको छ ?
सामान्यतया व्यक्तिले गुणस्तरिय जिवन यापन गर्नको लागी सानो आकारको पारिवारीक संरचना मन पार्ने गरेको पाईएको छ । ढिलो विवाह, जन्मदरमा कमि(कम सन्तान जन्माउने) वसाई सराई, शहरी करण तथा सुविधा सम्पन्न स्थानमा तथा वैदेशिक रोजगारीका कारण प्रजनन उमेर समुहका दम्पती संगै वस्ने अवसर नहुनु विवाह गरे पनी चाँडो वच्चा नजन्माउने छोरा र छोरीमा विभेद कम हुदै गएको वच्चाहरुको पालन पोषणमा लाग्ने खर्च ऋणत्मक जनसंख्या वृद्धका अवस्था हुन ।

तथ्यांकले आर्थिक, सामाजिक तथा राजनैतीक प्रभाव के होला?

लगातार जनसंख्या घट्नु म्याग्दी जस्तो जिल्लाका लागि राम्रो होईन् तर पनि जनसंख्या घट्दा शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा असर गर्ने निश्चित छ । अहिले बसाईसराईकै कारण ग्रामिण क्षेत्रमा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून छ । अर्कोतर्फ ग्रामिण क्षेत्रमा नै जन्मदरको अवस्था समेत सहरबजार जस्तै भएकाले लगातार घट्नु र वृद्धवृद्धालाई दिने सेवा सुविधाले राज्यलाई आर्थि भार वढ्दै जाने छ भने युवा शक्ति नहुदा उत्पादन शिल श्रमशक्ती नहुदा आर्थिक रुपमा कमजोर हुन्छ भने, जनगणनाको तथ्यांक अनुसार निर्वाचन क्षेत्र निर्धारण गरिने भएकोले सम्रग अवस्थामा असर पक्कै गर्छ ।

म्याग्दी जिल्लाको जनसंखया घट्नुको मुख्य कारण के के हुन सक्छ ?
म्याग्दी जिल्लामा परिवारका सदस्यको आकारमा क्रमश घट्दो क्रममा देखिएको छ । २०५८ को गणनामा प्रशि परिवार ४.६८ जना, २०६८ मा ४.०९ जना थियो भने २०७८ को जनगणना अनुसार एक घर परिवार भित्र ३.६७ जना मात्र वस्ने गरेको देखिएको छ । यसका कारणहरु जन्मदरमा कमि, ढिलो विवाह, सन्तान उत्पादन उमेर समुहको दाम्पती रोजगारीका कार अलग अलग वस्नु पर्ने, वसाई सराई, एक दम्पति एक सन्तानको अवधारण विकास हुदै जानु, कृषि पेशलाई जिविको पार्जनको माध्यममा नलिनु जनसंख्या वृद्धीदर घट्नुका कारण हुन ।

राज्यको तर्फबाट जनसंख्या व्यवस्थापन तर्फ के कसरी ध्यान दिनु पर्छ ?
राज्यको लागि चाहिने जनसंख्या कति हो भन्ने कुरा एकिन हुन जरुरत छ, आदर्श जनसंख्याको नीति अनुसार देशमा आउको साधन र श्रोतको प्रयोग गर्ने सक्ने हदसम्मको जनसंख्यालाई राम्रो मानिन्छ । यसको लागी जनसंखया तथा वसाई सराई नीति, ऐन, कानून, योजना र कार्यक्रम तर्जुमा गर्दै जनसंख्याको अध्ययन अनुसन्धान, जनसंख्या व्यवस्थापनको सूचना प्रणाली सम्वन्धि विकास, प्रजनन्, मृत्यु, विवाह, वसाई सराई सम्वन्धि विषयमा राम्रो संग ध्यान दिएमा जनसंख्या व्यवस्थापन गर्न सकिन्छ ।

Leave a Reply